नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नगरे उनको कार्यकालभरी यस्तै आन्दोलन हुने बताएका छन् ।
बारबाट प्रधानन्यायाधीशको बहिर्गमन भइसकेकाले उनी धेरै दिन नटिक्ने थापाले दाबी गरे ।
सर्वोच्च अदालतको गेटमा भएको धर्नापछि शुक्रवार बारको प्राङ्गणमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानन्यायाधीश जबराले न्यायको बन्ध्याकरण गरेको आरोप लगाएका हुन् ।
‘प्रधानन्यायाधीशले कुर्सी छाड्दैनन् भने हाम्रो विरोध कार्यक्रम उनको कार्यकालभरी चल्छ । सर्...