कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दातृ निकायले नेपाललाई ठूलो रकम उपलब्ध गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना महामारी सुरु भएयता अर्थात २०७६ चैत ११ गतेयता हालसम्म बिभिन्न दातृ निकायले कोरोना रोकथाम तथा नियन्त्रण गर्न नेपाललाई ८७ करोड १५ लाख ४४ हजार ३७० अमेरिकी डलर (१ खर्ब ५ अर्ब २१ करोड ३५ लाख ३३ हजार ५८१ रुपैयाँ) उपलब्ध गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता जनाएकोमध्ये हालसम्म ६० करोड ७६ लाख ८० हजार ३०४ अमेरिकी डलर (७३ अर्ब ३५ करोड ९६ लाख ५२ हजार ४४३ रुपैयाँ) क