काठमाण्डाै – निर्वाचन आयोगले सुनसरीको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले आयाेगले उम्मेदवारी अयोग्य ठहर गरेको हो ।
मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन...