काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेतृ रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिंगो संसद् उभिने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिंगो संसद उभिने बताउनुभएको हो ।