उडुसले टोकेर हैरान बनाएको छ ? यी उपाय अपनाउनुहोस्

गर्मी मौसम अनि त्यसमाथि उडुसको टोकाइ । सम्झिंदा मात्रै पनि धेरैलाई आफ्नो पूरै जीउ चिलाएको महसुस हुन्छ । लामखुट्टे र उपियाँजस्तो बाहिर नदेखिने भएकाले उडुसले कतिबेला टोक्छ, चाल पाउनै सकिंदेन । उडुसले टोक्दा केही क्षण चिलाउने र हराउने भएकाले यसबारे त्यति चासो पनि हामी दिंदैनौं । यसको टोकाइबाट कुनै दीर्घकालीन स्वास्थ्य समस्या त आउँदैन ? […]

सम्बन्धित सामग्री

वित्तीय अपराधका नयाँ र अनौठा उपाय: कहिल्यै लुकाउन सकिँदैन अपराध कर्म

इटालीको प्रहरीले करीब डेढ वर्षअघि ४२ जना व्यक्तिलाई हुँदै नभएको काल्पनिक देशको नागरिकता बेचेको अपराधमा पक्राउ गर्‍यो । उनीहरूले अन्टार्टिकामा हुँदै नभएको ‘अन्टार्टिक थियोक्राटिक सोभरेन स्टेट अफ सेन्ट जर्ज’ नामको काल्पनिक करमुक्त देश खडा गरी करीब ७०० जनालाई कथित देशको ‘नागरिक’ बनाएर अवैध रूपमा आर्जित रकम छिमेकी मुलुक माल्टामा पठाएर द्रव्य शोधन गर्ने गरेका रहेछन् । अपराधीहरूको समूहले त्यसका लागि छद्म देशका विभिन्न मन्त्रालयको नक्कली वेबसाइट बनाई एउटा सार्वभौम राष्ट्रमा हुने अदालत, प्रहरी, राष्ट्र तथा सरकार प्रमुख, मन्त्रालय तथा मन्त्रीहरू मात्र होइन, आधिकारिकजस्ता देखिने दस्तावेज पनि नक्कली बनाएर उक्त कथित देश साँच्चै नै अस्तित्वमा रहेको भ्रम सृजना गरेका रहेछन् । त्यति मात्र होइन, अवैध काल्पनिक देशको काल्पनिक नागरिकताको आधारमा बैंकमा खाता खोल्नसमेत उनीहरू सफल भइसकेका रहेछन् । करमुक्त देशको नागरिकका रूपमा बैंकमा खातासमेत खोली अवैध तरीकाले आर्जित रकम छिमेकी माल्टामा रकमान्तर गरेर उनीहरूले वित्तीय अपराध गर्ने गरेको तथ्य बाहिर आएपछि इटालीका प्रहरी अधिकारीहरूका लागि यो विषय रोमाञ्चक बनेको थियो । अझ रोचक कुरा त के छ भने यस्तो नक्कली राष्ट्र खडा गर्ने समूहका नाइके इटालीकै वित्तीय प्रहरी विभागका पूर्व उच्च पदस्थ व्यक्ति मारिओ फर्नेसी थिए । संयुक्त राष्ट्रसंघका अनुसार अहिले विश्वमा वर्षेनि करीब २ खर्ब डलरभन्दा बढी रकमको वित्तीय अपराध हुने गरेको छ र एशिया प्यासिफिक क्षेत्रका वित्तीय संस्थाहरूले मात्र यस्तो अपराध नियन्त्रणका लागि सन् २०२३ मा ४५ अर्ब डलर खर्च गरेका छन् ।  यस्तै वित्तीय अपराधका अनौठा घटनाको चर्चा गर्दा सबैभन्दा अग्रपंक्तिमा कोलम्बियाका पाब्लो एस्कोबारको नाम आउँछ । उनका बारेमा एउटा निकै नै प्रसिद्ध कथन छ– पाब्लोले आफूसँग भएको पैसालाई बिटो पार्न मात्र प्रतिहप्ता एक हजार डलरको त रबर ब्यान्ड मात्र खरीद गर्ने गर्दथे । लागू पदार्थको व्यापारमा बादशाह मानिएका उनी व्यक्तिगत रूपमा अहिलेसम्मकै सबैभन्दा नाम कहलिएका वित्तीय अपराधी मानिन्छन् । एक समय विश्व कोकिन बजारको ८० प्रतिशत अंश नै पाब्लोको नियन्त्रणमा थियो भनिन्छ । किनभने उनको अपराधको मुख्य क्षेत्र नै लागूपदार्थ थियो । यही अवैध आपराधिक व्यवसायबाट उनले आफ्नो साम्राज्य खडा गरेका थिए । सन् १९८९ मा नै उनको सम्पत्ति ९ अर्ब डलरभन्दा बढी भएर तत्कालीन अवस्थामा उनी विश्वका सातौं धनी व्यक्तिका रूपमा रहेका थिए । ‘मनि लाउन्डरिङ’ शब्दको उत्पत्तिकर्ता मानिएका वित्तीय अपराधी अल कपोन पनि रेस्टुराँ, रात्रि क्लब, ब्रुअरीजस्ता वैधानिक तरीकाले सञ्चालित आफ्नै व्यवसायमा आफूले अन्यत्र र अझ लागू पदार्थको कारोबारबाट अवैध तरीकाले आर्जन गरेको रकम मिसाएर धुल्याउन पोख्त थिए । सन् १९८० भन्दा अघिसम्म अमेरिकामा पनि मनी लाउन्डरिङलाई वैधानिक तरीकाले परिभाषित नगरिएको र यस्ता अपराधलाई कर छलीअन्तर्गत कानूनी कठघरामा ल्याइने परिपाटी भएको भए पनि कपोनले गरेको कृत्यमार्फत सन् १९२० मै १ अर्ब डलरभन्दा बढी रकमको वित्तीय अपराध भएको पत्ता लागेपछि यसरी गरिने अवैध द्रव्यशोधनलाई मनि लाउन्डरिङ भन्न थालिएको थियो । सिकागोका ग्यांगस्टरलाई अमेरिकाको इतिहासमा सबैभन्दा खतरनाक वित्तीय अपराधी मानिन्छ ।  सुन जस्ता बहुमूल्य धातुको माध्यमबाट द्रव्यशोधन भएको त हामी सबैले सुनेकै हो । तर, लुगा धुने पाउडर र चिज तथा आइस क्रिम जस्ता खाद्य पदार्थको माध्यमबाट समेत द्रव्यशोधनजस्तो वित्तीय अपराध हुने कुरा चाहिँ अचम्मलाग्दा छन् । अमेरिकामा निकै नै प्रसिद्धि कमाएको लुगा धुने पाउडर टाइडलाई भुक्तानीको माध्यम बनाएर लागू पदार्थ किनबेच हुने गरेको कुरा थाहा पाउनुअगाडि त्यो पाउडरको प्रयोग गरेर लागू पदार्थ नै उत्पादन गरिने आशंका गरिन्थ्यो । तर, सबैलाई आवश्यक पर्ने यो पाउडरलाई नै लागू पदार्थ किन्नका लागि विनिमयको माध्यम बनाएर त्यो पाउडरलाई वित्तीय अपराधको माध्यम बनाएको घटनाले वित्तीय अपराधका फैलँदो दायरालाई थप उजागर गरेको छ । अत्यधिक मात्रामा चोरीका घटना बढ्नुका साथै पाउडरको माग पनि निकै नै बढ्दै जान थालेपछि गरिएको अध्ययनबाट यो पाउडरलाई लागू पदार्थ कारोबारको भुक्तानीको माध्यम बनाइएको तथ्य सन् २०१२ मा पत्ता लागेको थियो ।  बेलायतको इस्टबोर्नमा एक जना अगिम टोस्का भन्ने व्यक्तिले सानो एउटा पेस्ट्री पसल खोलेर व्यवसाय प्रारम्भ गरेको देखाएर त्यसमार्फत कोकिनजस्ता लागू पदार्थ बेच्ने मात्र होइन कि यसरी लागू पदार्थको कारोबार गर्नेहरूको अवैध रकमलाई समेत आफ्नो बैंकमार्फत शोधन गर्ने गरेको कुरा पत्ता लाग्यो । बेलायतको एउटा अनुसन्धान केन्द्रले गरेको अध्ययनअनुसार विश्वमा सबैभन्दा बढी चोरी हुने खाद्य वस्तुमा चिज पर्दो रहेछ । पछि अध्ययन गर्दै जाँदा के पत्ता लाग्यो भने यसो हुनुमा लागूपदार्थको किनबेचमा पनि विनिमयको माध्यमका रूपमा पैसाको साटो चिजको प्रयोग हुने रहेछ । इटालीको एउटा प्रसिद्ध माफियाहरूको सञ्जालका रूपमा रहेको क्यमोर्राले पनि ठूलो परिमाणमा आफ्नो अवैध रकमलाई वैधानिक रूपमा सञ्चालित कतिपय चिज उद्योगहरूमा लगानीका रूपमा परिचालन गरेको इटालीको प्रहरीले करीब ५ वर्षअघि फेला पारेको थियो । यसै कारण होला, त्यहाँ गत २ वर्षमा मात्र करीब ७० लाख डलर बराबरको चिज हराएको बताइन्छ । यसका साथै चिजको विक्री तथा उत्पादनमा समेत उल्लेख्य मात्रामा अवैध रकमको प्रयोग हुने गर्दो रहेछ । रूसमा पनि वित्तीय अपराधीहरूले यसै गरी ३ करोड डलर बराबरको चिज चोरेर लागू पदार्थको किनबेचमा प्रयोग गरेका समाचार सार्वजनिक भएको छ । चिज मात्र होइन, बेन एन्ड जेरी, ब्ल्यू बेलजस्ता महँगा प्रकारका आइस क्रिमहरू पनि लागू पदार्थ कारोबारका लागि विनिमयको माध्यम भएको पाइन्छ ।  यसै गरी ट्वाइलेट पेपरका माध्यमबाट पनि वित्तीय अपराध भएको पाइन्छ । फ्लोरिडामा यस्तै अवाञ्छित ट्वाइलेट पेपरको कारोबारमा संलग्न भई १० लाख डलर बराबरको वित्तीय अपराधमा संलग्न भएको कसूरमा सन् २०११ मा व्यवसायीलाई २० वर्षको कारावास सजाय सुनाइएको थियो । बेलायतको इस्टबोर्नमा एक जना अगिम टोस्का भन्ने व्यक्तिले सानो एउटा पेस्ट्री पसल खोलेर व्यवसाय प्रारम्भ गरेको देखाएर त्यसमार्फत कोकिनजस्ता लागू पदार्थ बेच्ने मात्र होइन कि यसरी लागू पदार्थको कारोबार गर्नेहरूको अवैध रकमलाई समेत आफ्नो बैंकमार्फत शोधन गर्ने गरेको कुरा पछि मात्र पत्ता लाग्यो ।  घरायसी सामानको विक्री गर्ने विशेष गरी अनलाइन पोर्टलहरूले पनि वित्तीय अपराधलाई मलजल गरिरहेको उदाहरणका रूपमा नेदरल्यान्ड्समा भएको भ्याकुम क्लिनरको माध्यमबाट गरिएको वित्तीय अपराधलाई लिन सकिन्छ । अवैध रकममार्फत भ्याकुम क्लिनर किनेर तिनलाई अनलाइनमार्फत बेचेर आफ्नो अवैध रकमलाई चोख्याउने गतिविधि भएको पत्ता लागेपछि गतवर्ष मात्र यो नवीन तरीका उजागर भएको थियो । कोलम्बियामा त वाशिङ मेशिन बिगारेर त्यसभित्र नगद राखेर फेरि मेशिन फिट गरी निर्यात गरेर अप्रत्यक्ष रूपमा नगदको स्थानान्तरण गरी द्रव्यशोधन गरेको अनौठो तरीका पनि सार्वजनिक भएको छ ।  विभिन्न व्यक्ति तथा आपराधिक संगठनहरूले वित्तीय अपराधका लागि अपनाएका तरीकाभन्दा भिन्न तरीकाले कतिपय देशका शासकले पनि वित्तीय अपराध गर्ने गरेको पाइन्छ । नाइजेरियाका पूर्वशासक जनरल सानी अबचाले वित्तीय अपराध गरी यूरोप तथा अन्य मुलुकमा लुकाएको अपार रकममध्ये नाइजेरिया सरकारले सन् २०१३ सम्ममा करीब साढे १ अर्ब डलर बराबरको रकम यूरोपेली मुलुकहरूबाट असुल गर्‍यो । यो रकममध्ये करीब १ तिहाई रकम स्वीस बैंकहरूबाट मात्र असुलिएको थियो ।  आफ्नो देशमा गरिएका वित्तीय अपराधबाट आर्जित रकमलाई अबचाले स्वीट्जरल्यान्डका अलावा बेलायत, जर्मनी, फ्रान्स, लक्जेमबर्गजस्ता यूरोपका अन्य मुलुकहरूमा समेत स्थानान्तरण गराएका थिए । आफ्नो शासन कालमा मात्र होइन, सन् १९९८ मा मृत्यु नहुँदासम्म पनि अबचालाई कुनै प्रकारको भ्रष्टाचारको आरोप लगाइएन जबकि उनले ५ अर्ब डलरभन्दा बढी सार्वजनिक रकम चोरी गरेको आशंका छ । विश्व बैंकको एक तथ्यांकअनुसार पारस्परिक कानूनी सहायता सम्झौता अन्तर्गत ७२ करोड ३० लाख अमेरिकी डलर बराबरको अबचाद्वारा स्वीस बैंकमा राखिएको रकम २००७ मा फिर्ता  पठाइएको थियो । इन्डोनेशियाका पूर्वराष्ट्रपति मोहमद सुहार्तोले पनि ३० अर्ब डलरभन्दा बढीको सार्वजनिक सम्पत्ति चोरी गरेर विदेश पुर्‍याएको इतिहासमा अंकित छ । ३२ वर्ष शासन गरेका सुहार्तोलाई नाइजेरियाका सानी अबचालेभन्दा पनि बढी रकम अपचलन गरेको आरोप लागेको थियो । यति धेरै परिमाणमा त फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिन्यान्ड मार्कोसले गरेको वित्तीय अपराध जुन १० अर्ब डलर मानिन्छ भन्दा पनि बढी देखिन्छ । यसैले पनि होला ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २००४ को प्रतिवेदनमा विश्वका सबैभन्दा भ्रष्ट नेताहरूको सूचीको पहिलो नम्बरमा उनलाई राखिएको थियो । ८६ वर्षको उमेरमा सन् २००८ मा उनको मृत्यु भए पनि वृद्ध उमेरका कारण देखाएर उनीमाथि थप कुनै मुद्दा चलाइएन । विश्व बैंकका अनुसार सन् २०१० मा विश्वका विभिन्न बैंकमा राखिएका सुहार्तोका नामका करीब ३१ करोड डलर बराबरका सम्पत्ति इन्डोनेसिया फिर्ता गरिएको थियो । यी माथिका केही उदाहरणले कसरी शासकहरू भ्रष्टाचारमा लिप्त भएर देशको सम्पत्ति आफ्नो नाममा बाहिर लैजान्छन् र वित्तीय अपराध गर्छन् भन्ने कुरा दर्शाउँछन् । त्यति मात्र होइन, कसरी आफूले गरेको वित्तीय अपराधबाट शासन र शक्तिको आडमा उनीहरूले उन्मुक्ति पाउँछन् भन्ने पनि माथिका केही उदाहरणहरूले स्पष्ट गर्छन् ।  संयुक्त राष्ट्रसंघका अनुसार अहिले विश्वमा वर्षेनि करीब २ खर्ब डलरभन्दा बढी रकमको वित्तीय अपराध हुने गरेको छ्र र एशिया प्यासिफिक क्षेत्रका वित्तीय संस्थाहरूले मात्र यस्तो अपराध नियन्त्रणका लागि सन् २०२३ मा ४५ अर्ब डलर खर्च गरेका छन् । यो खर्च गतवर्षको भन्दा ९८ प्रतिशतले बढी भएको कुरा लेक्सिस नेक्सिसले गतहप्ता मात्र सार्वजनिक गरेको प्रतिवेदनमा औंल्याइएको छ । यस्तो खर्च विशेष गरी प्रविधिका लागि र अतिरिक्त मानव संसाधनका लागि भएको कुरा पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यही विशाल राशिको लगानीले गर्दा पनि होला अहिले यस्ता कुनै पनि प्रकारका वित्तीय अपराधहरू लुकाउन नसकिने र अपराधीहरू कुनै न कुनै दिन सार्वजनिक हुन्छन् नै भन्ने तथ्य स्थापित भएको छ । माथि उल्लिखित वित्तीय अपराधका घटनाहरूले जतिसुकै उच्च प्रविधि, उपाय र माध्यमबाट गरे पनि वित्तीय अपराध सधैं गोप्य रहन सक्दैन र कुनै न कुनै दिन त्यो सतहमा उजागर हुन्छ भन्ने कुरा स्पष्ट पारेका छन् । पाब्लो एस्कोबरदेखि अल कोपेनसम्मका खप्पिस वित्तीय अपराधीहरू र अबचादेखि सुहार्तोसम्मका शासक अपराधीसम्मले पनि कुनै न कुनै दिन कानूनको कठघरामा उभिनैपर्छ र दण्डित हुनैपर्छ भन्ने पनि देखिएको छ । त्यसैले भनिन्छ– अपराधको बीउ केही समयका लागि पुरिए पनि त्यो कहिल्यै पनि मासिँदैन, त्यो कुनै न कुनै दिन अंकुरित भएरै छोड्छ । लेखक सम्पत्ति शुद्धीकरण अपराधसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।

खाना पचाउने उपाय

पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

खाना पचाउने घरेलु उपाय

पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

डेंगु देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम कार्ययोजना

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह,  रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ।

स्वीडेनको एउटा चिडियाखानाले तीन वटा चिम्पाञ्जीलाई गोली हानेर मार्यो

स्वीडेनको एउटा चिडियाखानाले तीन चिम्पाञ्जीलाई गोली हानेर मारेको र अर्कोलाई घाइते बनाएको भन्दै चौतर्फी आलोचना भएको छ । फुरुभिकमा रहेको चिडियाखानाबाट भागेका चिम्पाञ्जीलाई चिडियाखानाकै कर्मचारीले गोली हानेर मारेको घटना सार्वजनिक भएपछि आलोचना भएको हो । उनीहरुलाई शान्त पार्ने कयौँ उपाय हुँदाहुँदै पनि गोली हानिएको प्रत्यक्षदर्शीले बताएका बीबीसीले जनाएको छ । चिडियाखाना बन्द रहेको अवस्थामा चिम्पाञ्जी लगायतका जनावर भागेपछि कर्मचारीले एकाएक गोली हानेका थिए । चिडियाखानाले भने विज्ञप्ति निकालेर चिम्पाञ्जीहरु धेरै नै ख...

यी ८ घरेलु उपाय जसले खाना अपच हुने समस्या समाधान गर्न सक्छ

पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

बन्यो स्मरणशक्ति बढाउने हेलमेट, मूल्य कति ?

आफ्नो स्मरणशक्ति कसरी बढाउने, दिमागलाई कसरी तीक्ष्ण बनाउने उपाय के हो ? प्रायः भुल्ने समस्या भएकाहरू गुगलमा यस्तै उपायहरू खोज्ने गर्छन् । तर, अब भने तनाव लिइरहनु पर्दैन । किनभने वैज्ञानिकले स्मरणशक्ति बढाउने हेलमेट बनाएका छन् ।  मिडिया रिपोर्टसका अनुसार डरहम युनिभर्सिटीका वैज्ञानिकले बनाएको यो हेलमेट भुल्ने रोग डिमेन्सियाका बिरामीहरूलाई फाइदाजनक हुने दाबी गरिएको छ ।  प्रायः उमेर बढेपछि मानिसहरूमा सम्झनाशक्ति कमजोर हुँदै जान्छ । यस्तोमा मानिसहरू जिन्दगीका पुराना र विशेष कुराहरू पनि भुल्ने गर्छन् । यस्तोमा वैज्...

ध्यान :  मनरोगबाट बचाउने अचुक उपाय

परिवार, करियर, कमाई, प्रतिस्पर्धाले हामीलाई अशान्त बनाएको छ । यसले हाम्रो मनमा तनाव पैदा गरिदिएको छ । जीवन बोझिलो भएको छ । हामी भित्र–भित्रै इष्र्य, चिन्ता, डर, उदासीले छटपटाइरहेका छौं । हामी आफ्नो भविष्य सोचेर भयभित छौं । हामी आफ्नो विगत सम्झेर पछुतोमा छौं । भनौं, हामी अशान्त, अधैर्य छौं । त्यही कारण त हामीलाई […]

खोकीले हैरान बनाएको छ ? अपनाउनुहोस् घरेलु उपाय

सामान्यतया नाक र मुखमा धुलो,धुँवा,वा अन्य वायु प्रदुषणका काराण पस्नाले इन्द्रियका सामान्य कि्रयाहरुको वेग रोकिनाले कफ, पित्तयुक्त मुखबाट निस्कने ख्वाँ,ख्वाँ शब्दनै खोकी हो ।