लमजुङमा कोदो रोप्न सुरु भएको छ । धान रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै एक हप्ता अघिदेखि कोदो रोप्न थालेका छन् । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार एक हप्तादेखि जिल्लाभर नै किसानले कोदो रोप्न थालेका छन् । जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपि सकिएको जिल्लामा समयमै पानी प