हाम्रो देशमा धान, गहुँ, मकै, कोदो, फापरलाई मुख्य खाद्यान्न बालीको रुपमा लिइने गरिएको छ । राष्ट्रिय परिवेशमा चौथो नम्बरमा रहेको खाद्यान्न बाली कोदो उच्च पहाडी भूभागहरुमा मकै पछिको दोस्रो बाली हो । मकै खेतीमा बाँदरको आतंक पसेपछि किसानहरुले मकै लगाउन छोड्दै गर्दा कोदो लगभग पहिलो बालीमा पर्न आउने अवस्था छ । ओख्ले, डल्ले, काब्रे, चम्रे, […]