गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सकियो, कोरोनाका कारण २०२१ बाट मात्रै सञ्चालनमा आउने

काठमाडौं : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि (कोभिड-१९) को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको छ। अबको छ महिनाभित्र विमानस्थल पूर्णरुपमा सञ्चालन गर्ने पूर्वनिर्धारित योजना अझै कम्तीमा छ

सम्बन्धित सामग्री

नयाँ वर्षमा पोखराका होटलमा ९० प्रतिशत पर्यटक

गण्डकी– नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरा र आसपास गरी यहाँ ठूला-साना गरी लगभग […]

रानी जमरा कुलरिया सिँचाइ आयोजना : जलविद्युत्को काम अन्तिम चरणमा

बाँके । रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत निर्माणाधीन जलविद्युत्को काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाको चार मेगावाट क्षमताको जलविद्युत् योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको जडानको काम हुँदै आएको छ । गतवर्षकै असार मसान्तसम्ममा मुख्य नहरमा पानी छाड्ने लक्ष्य भए पनि कोरोना संक्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्ममा सबै काम सम्पन्न गरेर मङ्सिर महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भए पनि काम सम्पन्न हुन अझै समय लाग्ने भएको छ । सो आयोजनाको प्रमुख केदार श्रेष्ठले चालू आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको जानकारी दिए । कोरोनाका कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको भन्दै उनले बाहिरी काम सम्पन्न भए पनि उपकरण जडानको काम शुरू भएको बताए । ‘काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । सम्भवतः असार मसान्तभित्र काम सम्पन्न होला,’ उनले भने, ‘गत कात्तिकमा आएको बाढीका कारण पनि आयोजनाको काम लम्बिएको हो । बाढीले आयोजनामा क्षति पुर्‍याउँदा त्यसको मर्मतसम्भारमा पनि समय लागेकाले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।’ तुदी कन्स्ट्रक्शनले हाइड्रोपावर निर्माणको जिम्मा पाएको छ । हाइड्रोपावरसँगै ६ किलोमिटर नहर र पाँच किलोमिटर कर्णाली नदीमा तटबन्धको जिम्मा पाएको कन्स्ट्रक्शनले तटबन्ध र नहरको काम सम्पन्न गरिसकेको छ । करिब दुई अर्बको लागतमा निर्माण भएको आयोजना अन्तर्गत जलविद्युत्को ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् लम्की स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । निर्माण कम्पनीका इञ्जिनियर उदय पोखरेलले असारसम्म विद्युत् उत्पादन गरेर हस्तान्तरण गर्ने गरी आयोजनाको काम भइरहेको बताए । नहर र तटबन्धको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र जलविद्युत्को ९० प्रतिशत काम सम्पन्न भएको जानकारी उनले दिए । कोरोनाको संक्रमणका कारण ढिलाइ भएको उनले बताए । ‘हामीले गत आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेका थियौं । कोरोनाको कारण समयमै काम सम्पन्न गर्न नसक्दा त्यो हुन सकेन,’ उनले भने, ‘वैशाखसम्ममा हाइड्रोपावरको परीक्षण गर्ने तयारी गरेका छौं । असारमा सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्छौं ।’ रासस

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको हाइड्रोपावरको काम अन्तिम चरणमा

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा सो सिँचाइ आयोजना रहेको छ ।चार मेगावाट क्षमताको सो हाइड्रोपावर योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको जडानको काम हुँदै आएको छ । गत वर्ष असार मसान्तसम्म मुख्य नहरमा पानी छाड्ने लक्ष्य भए पनि कोरोना सङ्क्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्म सबै काम सम्पन्न गरेर मङ्सिर महिनाभित्र विद्युत् जलाउने लक्ष्य राखेको भए पनि अझै आयोजनाको काम सम्पन्न हुन समय लाग्ने भएको छ ।सो आयोजना प्रमुख केदार श्रेष्ठले चालु आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको जानकारी दिए । उनले कोरोनाका कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको जनाउँदै बाहिरी काम सम्पन्न भए पनि उपकरण जडानको काम सुरु भएको बताए । “काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । सम्भवतः असार मसान्तभित्र काम सम्पन्न हुन्छ होला ?”, उनले भने , “गत कात्तिकमा आएको बाढीका कारण पनि आयोजनाको काम लम्बिएको हो । बाढीले आयोजनामा क्षति पु¥याउँदा त्यसको मर्मतसम्भारमा पनि समय लागेकाले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।”तुदी कन्स्ट्रक्शनले हाइड्रोपावर निर्माणको जिम्मा पाएको छ । हाइड्रोपावरसँगै छ किलोमिटर नहर र पाँच किलोमिटर कर्णाली नदीमा तटबन्धको जिम्मा पाएको कन्स्ट्रक्शनले तटबन्ध र नहरको काम सम्पन्न गरिसकेको छ । करिब रु दुई अर्बको लागतमा निर्माण भएको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ । हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् लम्की स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । चार दशमलव ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । राष्ट्रिय गौरवको आयोजनाले हाइड्रोपावरको आयोजनालाई विषेश महत्वका साथ लिएको छ ।निर्माण कम्पनीका इञ्जीनियर उदय पोखरेलले असारसम्म विद्युत् उत्पादन गरेर हस्तान्तरण गर्ने गरी आयोजनाको काम भइरहेको बताउनुभएको छ । उनले नहर र तटबन्धको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र हाइड्रोपावरको ९० प्रतिशत काम सम्पन्न भएको जनाउँदै कोरोनाको सङ्क्रमणका कारण ढिलाइ भएको बताए । “हामीले गत आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेका थियौँ । कोरोनाको कारण समयमै काम सम्पन्न गर्न नसक्दा त्यो हुन सकेन ।” उनले भने , “वैशाखसम्ममा हाइड्रोपावरको परीक्षण गर्ने तयारी गरेका छौँ । असारमा सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।”उनले अहिले मेसिरेनरी जडानको काम भइरहेको जनाउँदै उपकरण जडानको काम सकिएपछि परीक्षण गरिने र त्यसपछि विद्युत् लाइन जोडेर लम्की विद्युत् स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि हस्तान्तरण गरिने बताए ।

बेलायतमा कोरोना संक्रमण झन् बढ्दै : एकैदिन थपिए ३५ हजारभन्दा बढी संक्रमित

असोज १९, लण्डन । बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमण दैनिक कमी नआएको बताइएको छ । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा संक्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मात्रै ३३ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करीब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।  त्यसैगरी करीब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ । यहाँ पछिल्ला दिनहरुमा कम्तीमा पनि ३० हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएको छ । यहाँका अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको पाइएको बताएका छन् । रासस/सिन्ह्वा

भारतमा थप ३१ हजार ९२३ जनामा कोरोना संक्रमण पुष्टि

असोज ७, नयाँदिल्ली  । पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । अधिकारीहरुले बिहीवार दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय संक्रमित अवस्थामै रहेकाको सङ्ख्या ३ लाख १ हजार ६०४ रहेका छन् । यो सङ्ख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा संक्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महीना पछिकै सबैभन्दा कम भएको बताइएको छ ।            भारतमा सक्रिय संक्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय संक्रमितको सङ्ख्या घट्दै गएको हो । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको शून्य दशमलव ९० प्रतिशत भएको बताइएको छ । सन् २०२० को मार्च महिनापछि अहिले सक्रिय संक्रमितको यो संख्या सवभन्दा कम हो ।             पछिल्लो २४ घण्टामा ३१ हजार ९९० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीले बताएका छन् । योसँगै भारतमा अहिलेसम्म ३ करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यहाँ कोरोनाका कारण अहिलेसम्म ४ लाख ४६ हजार ५० जनाको मृत्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको बताइएको छ ।            भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/  एएनआई

बेलायतमा फेरि सङ्क्रमण बढ्दै, सङ्क्रमितमध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्ट पाइयो

काठमाण्डाै - बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएकाे पाइएको छ  । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या भन्दा सबैभन्दा धेरै हो  । कोरोनाका कारण गएको २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ । सङ्क्रमणको सङ्ख्या बढेसँगै बेलायतमा तेस्रो लहरको जोखिम बढेको छ । त्यहाँ एक महिनायता दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको बीबीसीले जनाएको छ । बेलायतमा पाइएको सङ्क्रमणमध्ये ९० प्रतिशत डेल्टा भेरियन्ट रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।...

कोरोनाका कारण विकल्प खोज्दै सञ्चारकर्मी

कोरोना महामारीको पहिलो लहरमा सञ्चारगृहमा परेको प्रभावले धेरै सञ्चारकर्मी बेरोजगार बने । महामारीको दोस्रो लहरले पनि उस्तै समस्या निम्त्याएको छ । धरानमा झण्डै डेढ सयको संख्यामा पत्रकार हरू विभिन्न सञ्चारमाध्यममा आबद्ध छन् । सानो लगानीमा चलेका ९० प्रतिशत छापा माध्यम कोरोनाकै कारण बन्द भएका छन् । धरानका औजार दैनिक, फाष्ट दैनिक र मनिङ टाइम्स बन्द […]

‘कोरोनाका कारण बालबालिकामा ठूलो असर, १० प्रतिशतको नियमित खाना नै कटौती’

काठमाण्डाै – कोरोना महामारीको कारण बालबालिकाको चौतर्फी विकासमा ठूलो नोक्सान पुगेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफ नेपाल, शेयरकास्ट सहितका सङ्घ–संस्थाले संयुक्त रूपमा गरेको अध्ययनले बालबालिकाले पर्याप्त खाना नपाएको, शिक्षाबाट वञ्चित हुनुपरेको र परिवार गरिबीमा धकेलिँदा उनीहरूको चौतर्फी विकासमा ठूलो नोक्सानी पुगेको देखाएको छ । गएको मे महिनादेखि ६ पटकसम्म गरेर ६ हजार घरपरिवारमा अध्ययन गरिएको थियो । अध्ययनका अनुसार गएको वर्ष चैत ११ देखि भएको लकडाउनको सुरुमा ९० प्रतिशत ब...