नेपाली काँग्रेसले एमालेको सिको गर्दै राष्ट्रिय महाधिवेशन पछि नीति महाधिवेशन गर्ने भएको छ । यसअघि महाधिवेशन कै बेलामा काँग्रेसले पार्टीको नीति तथा कार्यक्रम पेश गर्दै आएकोमा अब भने छुट्टै नीति अधिवेशन गर्न लागेको हो । यस्तै अधिवेशनको अभ्यास यसअघि नेकपा एमालेले गरिसकेको छ । एमालेले राष्ट्रिय महाधिवेशनअघि विधान महाधिवेशन गरेर आफ्नो नीति तथा कार्यक्रम तय गरेको थियो । यस्तै सिके गर्दै काँग्रेसले पनि पार्टीको नीति तथा कार्यक्रम तय गर्न छुट्टै अधिवेशनको नीति अख्तियार गर्न लागेको हो । काँग्रेस सभाप