व्यक्तिगत घटना दर्ता (सम्पादकीय)

व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यले वैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाइँदै छ । यसलाई विस्तार गरी वैशाख १६ गतेसम्म व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिनेभएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ–सराइजस्ता पाँचवटा महŒवपूर्ण व्यक्तिगत घटना दर्ता गर्न जागरण फैलाउन सरकारले यो अभियान सुरु गरेको हो । देशभरका छ हजार ७४३ वटै वडामा सञ्चालन गरिने यो अभियानमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षासम्बन्धी सेवा दर्ता शिविर सञ्चालन गरिँदैै छ । छ वर्षअघि नेपालले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा सन् २०२४ अर्थात् विक्रम संवत् २०८० सम्ममा व्यक्तिगत घटना दर्तालाई सतप्रतिशत पु¥याउने प्रतिबद्धता जनाएको थियो । यही प्रतिबद्धता पूरा गर्न यो अभियान सुरु गरिएको हो । अहिले मुलुकमा व्यक्तिगत घटना दर्ता ६५ प्रतिशतमात्र रहेको छ । यो न्यून दर हो । अघिल्ला केही वर्षमा राम्रै प्रगति भए पनि २०७७ को वर्ष यो कार्य निराशाजनक रह्यो । खासगरी कोरोना महामारीका कारण व्यक्तिगत घटना दर्ता प्रभावित भएको हो । घटना दर्ताका लागि आवश्यक संरचना र जनशक्तिको अभाव तथा जनचेतनाको अभाव अर्काे समस्या हो । व्यक्तिगत घटना दर्ता राज्य र नागरिकबीचको कानुनी सम्बन्धको आधार भए पनि यसलाई आमनागरिकले गम्भीर रूपमा नलिँदा र जिम्मेवार निकायले व्यक्तिगत घटना दर्ताकार्यलाई सहज बनाउन नसक्दा राम्रो प्रगति हासिल हुन नसकेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन–२०७६ को दफा १८ ले घटना

सम्बन्धित सामग्री

अब वडा स्तरबाटै अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता

अब वडा स्तरबाटै अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सकिने भएको छ ।  संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।   व्यक्तिगत घटना दर्तालाई वडा स्तरबाटै विद्युतीय प्रणालीमार्फत पञ्जीकरण हुने व्यवस्था मिलाइने उनले बताए...

व्यक्तिगत घटना दर्ता प्रमाणपत्र जहिलेसुकै संशोधन गर्न सकिने

२८ वैशाख, काठमाडौं । सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र जहिलेसुकै संशोधन गर्न सकिने गरी कानुन बनाउन लागेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा जन्म, नाम, थर वा अन्य विवरण एक पटक दर्ता भएपछि दर्ता भएको मितिले एक वर्षभित्र मात्रै सच्याउन सक्ने व्यवस्था छ । यसलाई बदलेर जहिले सुकै सच्याउन सकिने गरी सरकारले […]

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौँ– देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले एक वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ […]

घर घरमै गएर नि:शुल्क व्यक्तिगत घटना दर्ता गर्दै रेसुंगा नगरपालिका

गुल्मी : जिल्लाको रेसुंगा नगरपालिकाले घर घरमै गएर व्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ।नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रम अनुसार घर घरमै गएर व्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए।अहिलेको समयमा सेवाग्राही सेवा लिन कार्यालयमा धाउने भन्दा पनि सेवाप्रदायक संस्था वा कार्यालय जनताको घरदैलोमै गई सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ व्यक्तिगत घटना दर्ता घर घरमै गई गर्ने अभियान सं

लहानका मेयरको घोषणा : व्यक्तिगत घटना दर्ता नि:शुल्क

मुसहर समुदायलाई किरिया खर्चका लागि पाँच हजार नगद  सिराहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले पदभार ग्रहणसँगै व्यक्तिगत घटना दर्ता निःशुल्क र मुसहर समुदायलाई किरिया खर्चका लागि पाँच हजार रुपैयाँ नगद...

टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । काठमाडौँको उत्तरी भेगमा रहेको टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही वैशाख ७ गतेसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका सबै वडामा जन्म, मृत्यु, बसाइसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता […]

व्यक्तिगत घटना दर्ता गर्न शिविर सञ्चालन

इलाम । इलामकोे फाकफोकथुम गाउँपालिकाका सातै वटा वडामा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन भएको छ । दैनिक वडामा हुने व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन वडा वडामा शिविर सञ्चालन गरिएको फाकफोकथुम गाउँपालिकाका पालिकाका फिल्ड सहायक विमल घिमिरेले जानकारी दिए । वडा कार्यालयमा पुग्नुपर्ने समस्या र दर्ता छुट भएका नागरिकलाई मध्यनजर गर्दै स्थानीयवासीलाई सहज होस् भन्ने उद्देश्यले […] The post व्यक्तिगत घटना दर्ता गर्न शिविर सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक.

आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सुरु हुँदै

काठमाण्डौ – आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सञ्चालन हुने भएको छ । गृह मन्त्रालयले नागरिकको घटना दर्ता गराउने कामलाई तिब्रता दिँदै छुटेकालाई समावेश गराउन आजदेखि अभियान सञ्चालन गर्न लागेको हो । अभियान सबै पालिकामा सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यो वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिक...

वैशाख १ गतेदेखि देशभर व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुने

काठमाण्डाै - गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको छ । १६ गतेसम्म अभियान सञ्चालन हुने विभागले जनाएको छ । विभागले जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन गर्न लागेको हो । व्यक्तिगत घटना दर्ताको महत्त्व प्रचारप्रसार गर्ने उदेश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्...

व्यक्तिगत घटना अनलाइनबाटै दर्ता

दोलखाको मेलुङ गाउँपालिकाले पनि अनलाइनबाटै व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । गाउँपालिकाले वडा नं ७ की नरमाया श्रेष्ठको अनलाइनबाट मृत्यु दर्ताको घटना दर्ता गराई मृत्यु दर्ताको प्रमाणपत्र वितरण गरेपछि अनलाइन प्रणालीको सुरु गरेको हो ।अनलाइनमार्फत मृत्यु दर्ता गराई मृत्यु दर्ताको प्रमाणपत्र लिएका मृतकका परिवारलाई व्यक्तिगत घटना ३५ दिनभित्र दर्ता गराएवापत गाउँपालिकाले प्रदान गर्दै आएको […]