राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग

सत्तारूढ नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले आइतबार पुनः संसदमै फिर्ता पठाएकोले तरूण दलले राजीनामा मागेको छ।विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणबिना प्रतिनिधिसभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘नागरिकता विहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भ

सम्बन्धित सामग्री

तरुण दलले भन्यो, राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा

काठमाडौं : नेपाल तरूण दलले राष्ट्रपति सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको जनाएको छ।तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गरी  महाअभियोग लगाएर राष्ट्रपतिलाई हटाउन माग गरेका छन्।‘राष्ट्रपति ज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदा