नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्ने बताएका छन् । काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले बुधवार लाजिम्पाटमा आयोजना गरेको बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा एमाले उभिने बताए ।‘राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा