२९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने पार्टी निर्णयप्रति असन्तुष्ट नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसदीय अभ्यासमै समस्या आएको बताउँछन् । प्रतिपक्ष नै रहने गरी प्रधानमन्त्रीलाई विश्वासको मत दिंदा उत्पन्न हुने परिस्थितिबारे महामन्त्री थापा भन्छन्, ‘सरकार त सांसदसँग भयानक डराउनुपर्ने हो, अब चाहिं सांसद सरकारसँग डराउनुपर्ने भयो ।’ विश्वासको मत दिएकाले […]
काठमाडौं : नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने भएको छ। पार्टीका दुई महामन्त्रीले भने दाहाललाई मत दिन नहुने बताउँदै आएका छन्।मंगलबार संविधानसभा भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दाहालको पक्षमा त हाल्न नहुने बताएको बैठकमा रहेका एक नेताले बताए।सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको पार्टीका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।प्र
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका चार जना नेताले असहमति जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असहमति दर्ज गरेका हुन्
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
यद्यपि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने फरक मत राखेका छन्। यसैगरी बलबहादुर केसी र अर्जुननरसिंह केसीको पनि फरक मत राखेका छन्।
चारै जना नेताले प्रतिपक्षको भूमिकामा बस्नुपर्ने अडान बैठकमा लिएका…
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउनुभएको छ । शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदका दोस्रो, तेस्रो लगायत अन्य दलहरुले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पार्नुभएको हो । उहाँले आफ्नो व्यक्तिगत धारणा भएपनि पार्टीको औपचारिक निर्णय […]
काठमाडौं : नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री गगनकुमार थापाले आफूहरू प्रतिपक्ष दल भएको हैसियतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन्। ‘प्रधानमन्त्रीले सात दल मिलेर विश्वासको मत लिने भएपछि हामीले छलफल पनि गर्नुपर्दैन। हामी प्रतिपक्षमा बस्ने हो। हामीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो,’ उनले भने, ‘हामीले पुस २६ गते औपचारि
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदबाट विश्वासको मत लिने भएपछि कांग्रेस सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन्।नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा रहेका थापा कार्यक्रम सकेर सडकमार्गबाट काठमाडौं आइरहे पनि पहिरोका कारण दमौलीमा रोकिएका थिए।थापाका स्वकीय सचिव सबिनबाबु मुडभरीले विश्वासको मत लिने कार्यक्रम रहेपछि थापा एभरेष्ट कम्पनीको हेलिकप्टरमार्फत् काठमाडौं आइपुगेका हुन्।थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्। सडकमार्ग हुँदै आउँदा नभ्याइने भएपछि थापा ह
काठमाडौं : प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि नेता रामजी कुँवरको स्मृतिसभाका लागि पोखरामा रहेका कांग्रेस सांसद गगन थापा हेलीमार्फत काठमाडौं आएका छन्। उनी कार्यक्रम सकेर सडकमार्गबाट काठमाडौं आइरहे पनि पहिरोका कारण उनी दमौलीमा रोकिएका थिए। थापाका स्वकीय सचिव सविन बाबु मुडभरीले विश्वासको मत लिने कार्यक्रम रहेपछि थापा हेली एभरेष्टमार्फत् काठमाडौं आएको र उनीसँगै थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्। सबिनबाबु मुडभरीले भने , 'विश्वासको मत लिने कार्यक्रमण रहेप
काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि कांग्रेस सांसद गगन कुमार थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् । उनी पार्टीको काम विशेषले पोखरामा थिए । तर, प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने आकस्मिक निर्णय लिएकाले उनी हेलिकप्टरमार्फत काठमाडौं आएका हुन । उनी पोखराबाट काठमाडौंको लागि गाडीबाटै आउँदै थिए । तर, बाटोमा पहिरोको […]