रसियाद्वारा युक्रेनमाथि शुरु गरिएको सैन्य आक्रमणप्रति मानवअधिकार एलाइन्सले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । कुनै पनि देशको सार्वभौमसत्तामाथि धावा बोलिनु लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने र विश्वशान्ति मा नै खलल पुग्न जाने तर्फ सचेत रहन एलाइन्सले अपिल गरेको हो ।अध्यक्ष मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि सार्वभौम मुलुकलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्यत रहनु संयुक्त राष्ट्रसंघको वडापत्र विपरित हुनजान्छ । यसर्थ मानवअधिकार एलाइन्स रसियाका