काठमाडाैं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्।उनले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमा नाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए।सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकीपक्सको बारेमा नागरिकलाई सुसूचित गर्न चासो नदिएको बताए। उनले जनस्वास्थ्यको कुरामा सरकार निन्द्राको अवस्थामा रहनु दुःखद् भएको ब