काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सुर्खेतबाट रात्रिबसमा चढाएर काठमाडौं ल्याउन लागिएको छ। सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीसहितको टोलीद्वारा पक्राउ गरिएका उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार उनलाई सोमबार नै रात्रिबसमा चढाएर काठमाडौं ल्याउने तयारी भइरहेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई […]
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत आज हुने भनिएको बन्दसत्र सँगसँगै निर्वाचन कार्यतालिका पनि स्थगित गरिएको छ।
काठमाडौं- पछिल्लो केही वर्षयता तिक्ततापूर्ण सम्बन्धबीच गुज्रिएका कम्युनिस्ट नेताहरू जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्ती मनाउने उद्देश्यसहित एकैठाउँ जुटने भएका छन् । एमालेनिकट २४ वटा जनसंगठनहरू आयोजनामा आगामी असार १४ गते काठमाडौंमा गरिने कार्यक्रममा कम्युनिस्ट नेताहरू जुट्न लागेका हुन्। फागुन २१ को निर्वाचनले घर न घाटको हुने अवस्थामा पुगेका उनीहरू मदनको बहानामा एक ठाउँ आउने […]
८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारेको खुलेको छ ।
उनलाई सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको थियो । विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित …