काठमाडौं : जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली नोट कारोबारी २ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले २० हजार रूपैयाँका नक्कली नोटसहित पर्सा बहुदरमाई नगरपालिका-८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वा सुगौली गाउँपालिका घर भइ हाल बहुदर-८ बस्ने २० वर्षीय अजय सहनीलाई नियन्त्रणमा लिएको हो।उनीहरूले पर्साको जगरनाथपुर गाउँपालिका-६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नोट साट्दै गरेको अवस्थामा एक हजार दरका २० थान नोटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनीहरूले मेलामा नक्कली नोट&nbs