चन्द्रौटा : व्यापार संघ कपिलवस्तुले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ जना कृषक पुरस्कृत भएका छन्। शिवराज नगरपालिकाले कृषकले उत्पादन गरेका सामग्रीबीच प्रतिस्पर्धा गराएको थियो।खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताए। कृषकहरूका उत्पादनलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकहरूलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने शिवराज नगरपालिका उपप्रमुख