काठमाडौं : बाढीले क्षति पुगेको १० महिनापछि काठमाडौं उपत्यकाभित्र पुनः मेलम्ची खानेपानी वितरण गरिएको छ। आइतबार खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) बानेश्वर शाखामा रहेको ट्यांकीकाे साँचो खोलेर पानी वितरणको उद्घाटन गरेका हुन्।खानेपानी आयोजना सुरु भएको दुई दशकपछि ०७८चैत १५ मा पहिलोपटक उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आ