भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले नवौँदेखि तेस्रो तहसम्मका लागि आवेदन आह्वान गरेको हो ।  अस्पतालका अनुसार सार्वजनिक सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । सेवा करार रहने र अवधि ६ महिनाको हुने सूचनामा उल्लेख छ ।  सूचना !

सम्बन्धित सामग्री

क्यान्सरका बिरामीलाई अपरिहार्य रेडियोथेरापी सेवा सात अस्पतालमा मात्रै

सरकारी दुई र निजी पाँच अस्पतालले मात्र दिन्छन् रेडियोथेरापी सेवा सरकारी : भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन) निजी : नेपाल क्यान्सर अस्पताल (हरिसिद्धि, ललितपुर), काठमाडौं क्यान्सर सेन्टर (भक्तपुर), विराट मेडिकल...

जनताका लागि सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन

पुष्कर बुढाथोकी, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकन गर्नुभएको छ । सो क्रममा राज्यमन्त्री श्रेष्ठले भक्तपुरका तीन सरकारी अस्पतालले प्रवाह गरेको सेवाका बारेमा जानकारी लिँदै अस्पतालहरुलाई जनताका लागि सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।सरकारी अस्पतालको […]

‘अस्पतालको सेवा गुणस्तरीय हुनुपर्छ’

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालले दिने स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्ने बताउनुभएको छ । भक्तपुरमा रहेका तीन सरकारी अस्पतालको सोमबार निरीक्षणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले क्यान्सर अस्पतालको सेवा विस्तार तथा आवश्यक उपकरण खरिदका लागि सहयोग गर्ने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले उपलब्ध भएका स्रोत, साधन र पूर्वाधारलाई सक्दो उपयोग गरेर काम गर्नसमेत अस्पतालका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो । राज्यमन्त्री श्रेष्ठले भक्तपुरमा रहेका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण गर्नुभयो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले अस्पतालको सेवा विस्तार गर्नुपर्ने बताउनुभयो ।

नेपाल कोरिया अस्पतालमा क्यान्सर र गङ्गालालका बिरामीको पिसिआर परीक्षण

भक्तपुर। मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भक्तपुर क्यान्सर अस्पताल र शहीद गङ्गालाल हृदय रोग केन्द्रका बिरामीको निःशुल्क पिसिआर परीक्षण शुरु गरेको छ । नेपाल कोरिया अस्पतालसँग क्यान्सर ...