‘अस्पतालको सेवा गुणस्तरीय हुनुपर्छ’

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालले दिने स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्ने बताउनुभएको छ । भक्तपुरमा रहेका तीन सरकारी अस्पतालको सोमबार निरीक्षणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले क्यान्सर अस्पतालको सेवा विस्तार तथा आवश्यक उपकरण खरिदका लागि सहयोग गर्ने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले उपलब्ध भएका स्रोत, साधन र पूर्वाधारलाई सक्दो उपयोग गरेर काम गर्नसमेत अस्पतालका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो । राज्यमन्त्री श्रेष्ठले भक्तपुरमा रहेका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण गर्नुभयो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले अस्पतालको सेवा विस्तार गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित सामग्री

दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : मन्त्री यादव

महेन्द्रनगर (धनुषा), १६ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको बताएका छन् । उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन आग्रह गरे । जनकपुरधाममा आज मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पतालमा नवनिर्मित बर्थिङ सेन्टरको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक संरचनाको […]

‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’

हालसम्म अस्पताल सञ्चालनमा हामीले २० करोडभन्दा बढी लगानी गरिसकेको छौं। अझै कर्णालीका जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आगामी दिनमा केही सेवाहरु विस्तार योजना हामीले बनाएका छौं। अस्पताललाई १ सय बेडमा परिणत गर्नेदेखि यस अस्पतालबाट अध्ययन÷अध्यापन समेत सुरु गर्ने योजनासाथ हामीले काम गरिरहेका छौं।

'दक्ष जनशक्तिका साथ गुणस्तरीय सेवा दिइरहेका छौं'

गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ यस सेन्टरको स्थापना भएकोले ल्याब सेवालाई अझै विशिष्टीकृत रुपमा सञ्चालन गर्ने मुख्य लक्ष्यका साथ हामीले काम गरिरहेका छौं। हामीले इन्डोक्राइनोलोजी सेवालाई विस्तार गर्ने योजना बनाएका  छौं। इन्डोक्राइनोलोजी विभागमा यस सेन्टरको सुरुवात देखी डा सन्देश पन्थीले सेवा दिइराख्नुभएको छ।

गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ । बुधबार दाङको घोराहीमा राष्ट्रिय जनसङ्ख्या स्वास्थ्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक तथा डेङ्गु तथा मातृ मृत्युदरसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले गरिब तथा विपन्न समुदायलाई लक्षित गरी निजी अस्पतालमा पनि निःशुल्क श्यया उपलब्ध गराइएको बताउनुभयो । “निजी अस्पतालले …

गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने चुनौती

काठमाडौँ- मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठूला आयोजना अगाडि बढाइरहेको प्राधिकरणलाई यतिबेला नियमित र गुणस्तरीय विद्युत् प्रवाह गर्नुपर्ने आवश्यकता छ । […]

सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ: मुख्यसचिव अर्याल

निजामती कर्मचारी अस्पतालले  सुरु गरेको नर्सिङ क्याम्पसको उद्घाटन कार्यक्रममा उनले सरकारी अस्पतालले प्रभावकारीरूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनसके सरकारी अस्पतालको प्रभावकारिता बढ्ने बताए।

गुणस्तरीय सेवा प्रवाहमा ध्यान केन्द्रित

धुलिखेल– धुलिखेल नगरपालिकाले गुणस्तरीय सेवा प्रवाह र नमूना नगर निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्दै गएको छ । नगरपालिकाले पूर्वाधार, आर्थिक समृद्धि तथा पर्यटन विकासलाई मुख्य आधार बनाई काम गरिरहेको नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले बताए।  सानो क्षेत्रफल, थोरै जनसङ्ख्या, ग्रामीण क्षेत्रको बाहुल्यता र न्यून आय भएपनि सम्बन्धित निकायसँगको समन्वय, सहकार्य र आफ्नो तदारुकताले नगरपालिका समृद्धितर्फ अघि […]

पदयात्रीलाई गुणस्तरीय सेवा

काठमाडौँ,२३ माघ । हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिने भएको छ । दोस्रो ‘सिजन’अन्तर्गत लाङ्टाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग अन्तर्गतका क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन सुरु हुने समय नजिकिँदै गर्दा खाद्यान्न ढुवानी, लजका कोठामा रङरोगन र ‘बेड विस्तारा‘ मर्मत अगाडि बढेको […]

नर्सहरुको सेवाभावले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन्।

कहिले पाउने गुणस्तरीय सरकारी स्वास्थ्य सेवा?

आर्थिक रुपमा सम्पन्न व्यक्तिलाई गुणस्तरीय सेवा दिन नेपालमा थुप्रै निजी स्वास्थ्य संस्थाहरु खुलेका छन्। तर आर्थिक रुपमा विपन्न व्यक्तिलाई सामान्य रोग लाग्यो भने पनि ओछ्यानमा सुतेर मृत्यु पर्खिने वा कोही कसैले सहयोग गर्छन् कि भनेर सहयोगका लागि अपिले गर्नेभन्दा विकल्प छैन।