चिलीको स्यान्डियागोस्थित राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने चारजना मौरीपालक किसानलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा मौरीको टोकाइबाट ७ जना प्रहरी अधिकारी पनि घाइते भएका छन् । लामो खडेरीका कारण चिलीका मौरीपालक किसान मारमा परेका छन् । चिलीमा खडेरी कुनै नौलो नभए पनि सन् २०१० यताकै सबैभन्दा खराब खडेरीका कारण मौरीको खानाको स्रोत मासिन थालेका छन् ।किसानहरूले सरकारसँग महको मूल्य समायोजन गर्नुका साथै राहतको माग गरेका छन् । उनीहरूले राष्ट्रपति सबास्टियन पिनेरासँग भेटको माग गरेका छन् । प्रदर्