भोटेकोसीको लेकाली गाउँ पुग्ने सबै कच्ची सडक बर्खाको भेलले बगाएकाले हिँडडुल गर्न कठिन छ । वृद्धवृद्धा र अशक्तलाई बोकेर स्वास्थ्यचौकी ल्याउन सक्ने अवस्था छैन । त्यसैले गाउँपालिकाले कोरोनाविरुद्धको खोप लगाउन अभियान नै...
तनहुँ – म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे। पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ। क श्रेणीको अपाङ्गता भएका सारुले शुक्रबार आफ्नै घरमा कोभिडविरुद्वको खोप लगाउन पाउँदा खुसीले गद्गद् हुँदै बल्ल हामीजस्ता अपाङ्गता भएका र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएको सुनाए। गाउँपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरुपमा अशक्त र […]
तनहुँकाे म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे। पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता रहेका सारुले शुक्रबार आफ्नै घरमा कोभिडबिरुद्वको खोप लगाउन पाउँदा खुशीले गदगद हुँदै बल्ल हामी जस्ता अपाङ्गता र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए । गाँउपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा पुगेर कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देबास
राज्यले अहिले सम्म कोरोना महामारीमा शारीरिक रूपले अशक्त भएका व्यक्तिलाई प्राथमिकता नदिएको भन्दै विभिन्न संघ संस्थाले आवाज उठाएपछि ढिलै भए पनि उनीहरूले खोप पाएका हुन् ।
कोरोना भाइरस (कोभिड- १९) विरुद्धको को खोप लगाउनका लागि खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई उनीहरूको घरमै गएर खोप लगाउन सरकारलाई सर्वोच्चले आदेश दिएको छ ।
काठमाडौं । सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ट नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै शुक्रवार यस्तो आदेश दिएको हो । अदालतले अशक्त,अपांग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत […]
काठमाडौं : ललितपुर महानगरपालिकाले खोप केन्द्रसम्म जान नसक्ने अशक्त, अपांग नागरिकलाई घरमै कोभिड-१९ विरुद्धको खोप लगाउने व्यवस्था गर्ने भएको छ।खोप केन्द्रसम्म जान नसक्ने जनगुनासो आएको भन्दै महानगरपालिकाले सूचना जारी गरी यस्तो जानकारी दिएको हो। खाेपका लागि अशक्त, अपांग व्यक्तिकाे व्यक्तिगत विवरण महानगरपालिकाको स्वास्थ्य शाखामा बुझाउन आग्रह गरेको छ।सूचनामा लेखिएको छ,‘विवरण संकलन भएपश्चात उपयुक्त समयमा महानगरपालिकाबाटै व्यवस्थापन गरी खोप लगाइने व्यहोरा जानकारी गराइन्छ।’
काठमाण्डाै - सरकारले कोभिड-१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ ।
सरकारले आउँदो आइतवारदेखि ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाएर घरमै पुगेर लगाउने तयारी भएको बताउनुभयो । त्यसअघि सरकारले सङ्घीय संसदका सांसदहरुलाई खोप दिने तयारी गरेको छ ।
समुदायमा खोप लगाउनुअघि सकारात्मक स...
विश्वका आधा मुलुकले कोभिड–१९ विरुद्धको प्रयोग गर्न नपाइरहेका बेला नेपालले भने आफ्ना सबै नागरिकलाई निःशुल्क खोप अभियान चलाइरहेको छ । यसै क्रममा अब अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ ।
–प्रकाश सिलवालकाठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले ५५ वर्ष माथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको छ ।पचपन्न वर्षभन्दा माथिका अनुमानित सङ्ख्या ५१ लाख ६४ हजार २६९ का लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । यो कूल जनसङ्ख्याको १७ प्रतिशत हो । यस समूहलाई दोस्रो चरणमा आगामी जेठ १७ गत