१४९ दलित महिला सदस्यमा उम्मेदवारी नै परेन

काठमाडौँ – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १४९ दलित महिला सदस्य पदमा उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका अुनसार देशभर कुल ६ हजार ७४३ दलित महिला सदस्य उम्मेदवार हुनुपर्नेमा १४९ पदमा उम्मेदवारी नै नपरेको हो।

सम्बन्धित सामग्री

उल्टो बाटोमा दल र निर्वाचन आयोग : दलित महिला आरक्षण खोसिने जोखिम

एक वर्षअघिको स्थानीय चुनावमा देशका ६ हजार ७०० मध्ये १२३ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै परेन । समुदायको बसोबास हुँदाहुँदै रिक्त यी पदमा उनीहरूको आकर्षण बढाउनु साटो राजनीतिक दल र निर्वाचन आयोग उल्टो बाटो हिंड्दैछन् ।

३६ वडामा दलित महिला सदस्य खाली

कर्णालीका ३६ वडा दलित महिला सदस्य शून्य भएको छ। ७९ स्थानीय तहका ७१८ वडा मध्ये हुम्ला, मुगु, जुम्ला र डोल्पाका ३६ वडामा दलित महिला सदस्यको उम्मेदवारी नपरेको निर्वाचन आयोगले जनाएको छ।...

उदयपुरमा एमाले र माओवादीका उम्मेदवार निर्विरोध

उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । लिम्चुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट लिम्चुङबुङ गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य देवकुमारी कार्की निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत तुलाराज सुनुवारले जानकारी दिए । त्यसैगरी रौतामाई गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य नेकपा एमालेबाट फुल माया विक (दियाली) निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले स्थानीय तह निर्वाचन सञ्चालन नियमावलीको नियम १३ को उपनियम (१)

जनकपुरधाम उपमहानगरपालिकामा दुई दलित महिला सदस्यको निर्विरोध निर्वाचित

आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका छन्  रिपुकुमारी निर्विरोध निर्वाचित भएका छन् ।स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त वडाको दलित महिला सदस्य पदमा अरुको उम्मेदवारी नपरेकोले रिपुकुमारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महोत्तरीको बर्दिवास नगरपालिका–७ बाट माओवा

दुई दलित महिला सदस्य निर्विरोध

काठमाडौँ,१८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छिन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त वडाको दलित महिला सदस्य […]

जनकपुरधाममा कांग्रेसका दलित महिला सदस्य निर्विरोध निर्वाचित

१८ वैशाख, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् । उपमहानगरपालिकाको वडा नम्बर ५ मा दलित महिला सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । यो वडामा दलित महिला सदस्यमा रिपुको एकल उम्मेदवारी परेकाले उनलाई निर्वाचन […]

गठबन्धनबाट बागलुङमा दलित महिला सदस्य निर्विरोध निर्वाचित

बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका-५ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्। पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको दलित महिला सदस्यको उम्मेदवार मोतिकला विक निर्विरोध निर्वाचित भएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिए।उनका अनुसार एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवार दिएकी रेनुमाया विकले उम्मेदवारी फिर्ता लिएपछि मोतिकला निर्विरोध निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयलले उनलाई निर्वाचित घोषणा गरिसकेको छ।निर्वाचित भएको प्रमाणप

पर्साको पटेर्वासुगौली–१ मा दलित महिला सदस्य निर्विरोध

१६ वैशाख, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । जनता समाजवादी पार्टी (जसपा) बाट दलित महिला सदस्य बसन्तीदेवी मुसहर निर्वाचित भएकी हुन् । वडा नम्बर ३ मा मतदाता नामावली भई वडा नम्बर १ मा मनोनयन दर्ता गराएका पाँच जनाको उम्मेदवारी रद्ध भएपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन […]

धनकुटामा तीन दलित महिला सदस्य निर्विरोध

धनकुटा : धनकुटाका विभिन्न स्थानीय तहका तीन वटा वडामा दलित महिला सदस्यको एकल उम्मेदवारी दर्ता भएको छ।पाख्रीबास नगरपालिका वडा नं. ९, चौबिसे गाउँपालिका वडा नं. ८ र साँगुरीगढी गाउँपालिका वडा नं. ७ मा एक–एक जना मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।पाख्रीबास वडा नं. ९ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला वडा सदस्यको रुपमा डम्बरकुमारी दर्जीको  मात्र उम्मेदवारी दर्ता भएको छ।यस्तै, चौबिसे गाउँपालिका वडा नं. ८ मा ने