बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण विभागीय टोली एपीएफले जितेको छ।
बुधवार कोहलपुर क्रिकेट मैदानमा भएको विभागीय डर्बी भिडन्तमा नेपाल पुलिसलाई ३२ रनले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो।