काठमाडौं । फोन पेले नयाँ वर्ष २०८० सालको अवसरमा ‘फोनपे गर्ने हो, क्यूआरमा उपहार जित्ने हो’ योजना ल्याएको छ । चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म लागू हुने यस योजनामा एक तोला सुन र स्कुटर प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोन पेको क्यूआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्ने र भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत एक तोला सुन जित्ने बताइएको छ ।