बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया जमुना थापा, […]

सम्बन्धित सामग्री

तनहुँमा इन्धन बोकेको ट्यांकर दुर्घटना, चुहिएको तेल भर्न स्थानीयको हानथाप

१५ चैत, काठमाडौं । बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्यांकर तनहुँमा दुर्घटनामा परेको छ । २० हजार लिटर डिजेल बोकेर अमलेखगञ्जबाट छुटेको ट्यांकर तनहुँको बन्दीपुर गाउँपालिका नयाँबस्तीमा मंगलबार दुर्घटनामा परेको नेपाल आयल निगमले जनाएको छ । सडक छेउको खोल्सा नजिक पल्टिएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ । दुर्घटनामा […]

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ । गत पुस ३० गते बन्दीपुर गाउँपालिका–६ धरमपानी बाक्सेमा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिवारलाई गाउँपालिकाले आइतबार राहत प्रदान गरेको हो । गाउँपालिकाको बैठकको निर्णय अनुसार प्रति मृतक रु दश हजारका दरले रु ६० हजार राहत प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष गुरुङ, वडाध्यक्ष सन्तबहादुर गुरुङ सहित जनप्रतिनिधिको टो

जीप दुर्घटनामा घाइते दुई जना उपचारपछि घर फिर्ता

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा र १८ वर्षीय कुमार थापा उपचारपश्चात् घर फिर्ता भएका हुन् । अन्य घाइतेको अवस्था पनि सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।      दुर्घटनामा...

बन्दीपुर जीप दुर्घटना : घाइते २ जना उपचारपछि घर फिर्ता (अपडेट)

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचार पश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा र १८ वर्षीय कुमार थापा उपचार पश्चात् घर फिर्ता भएका हुन् । अन्य घाइतेको अवस्था पनि सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।दुर्घ

बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया जमुना थापा, सोही वडाको हुस्लाङकोटकी ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव

तनहुँ जीप दुर्घटना : मृतकको संख्या छ पुग्यो (अपडेट)

तनहुँको बन्दीपुरमा जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका– ६ बस्ने २४ वर्षीय रोसन गुरुङ, सोही ठाउँका ५३ वर्षीय हरी न्यौपाने, ९ महिनाकी...

अपडेट: बन्दीपुर दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

तनहुँं, माघ १ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । विममाया र सुकबहादुरको […]

बन्दीपुर दुर्घटना अपडेट : ९ महिने बालिकासहित मृत्यु हुने छ पुगे

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

जीप दुर्घटना : मृतकको सङ्ख्या छ पुग्यो

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्र

जीप दुर्घटनामा चार जनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।रासस