एजेन्सी।अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले अन्तरिक्ष्मा रहेको इन्टरनेशलन स्पेश स्टेशन बिहीबार करिब ४५ मिनेटसम्म नियन्त्रण बाहिर भएको जानकारी दिएको छ।रुसी मोड्युलले ब्याकफायर गरिदिएपछि अन्तरिक्ष केन्द्र आफ्नो कक्षबाट बाहिरिन पुगेको बताइएको छ।यद्यपि नासाको नियन्त्रण कक्षमा रहेको टोलीले कन्ट्रोल थ्रस्टर्सको सहयोगमा स्पेश स्टेशनलाई उसको कक्षमा पुर्याइदिएको थियो ।जसबाट ठूलो दुर्घटना टरेको छ। त्यस समयमा स्पेश स्टेशनमा ७ जना क्रुमेम्बर थिए।उनीहरु सुरक्षित छन्।