काठमाडौं : सरकारले पर्यटन क्षेत्र विकास गर्नका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष ०७९।८० को बजेट प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन्।
पर्यटन क्षेत्रको विकास गर्न विभिन्न कार्यक्रम ल्याइएको र आगामी आवमा १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसमेत उक्त बजेटले लिएको छ।
कोरोनाले क्षति बेहोरेका पर्यटक व्यवसायीलाई नवीकरणमा छुट दिइने भएको छ। अर्थमन्त्रीले आगामी बजेट कृषि क्षेत्रको विकास, औद्योगिक विकास र निजी क्षेत्रको ...