काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व जलवायु सम्मेलन (कोप–२८) मा माग्ने नभइ योद्धाका रुपमा प्रस्तुत हुने बताएका छन्। विशाल खड्काको ‘पर्यावरणीय संकट : आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण कार्यक्रमलाई शननिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित देशहरूका कारण अतिकम विकसित देशहरूले अनाहकमा क्षति बेहोर्नु परेको बताए। हरित गृह ग्यासका कारण अविकसित र अल्पविकसित मुलुकको प