काठमाडौँ- अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण गर्नेसम्बन्धी विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्क राज्यमा हालै भएका गोलिकाण्डपछि पेस गरिएको यो विधेयकको पक्षमा २२३ र विपक्षमा २०४ मत खसेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ । यस विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको बताइएको छ […]