प्राधिकरणले काट्यो सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुली

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत्को बक्यौता नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुली आइतबार बेलुका पख काटेको हो।

सम्बन्धित सामग्री

लाइन काटिएको तीन सातामै सबै उद्योगमा बिजुली जडान

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली उपयोग गरेबापतको महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका २४ ओटै उद्योगमा तीन साता पछि बिजुली जडान गरिएको छ । मंगलवारको मन्त्रिपरिषद् बैठकले महशुलसम्बन्धी विवाद समाधानका लागि छानविन समिति गठन गर्दै लाइन काटिएका सबै उद्योगमा तत्काल बिजुली जडान गर्न निर्देशन दिएको थियो । उक्त निर्णय भएको करीब चार दिन पछि प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रवार सबै उद्योगमा बिजुली जोडिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको समितिको ९६०औं बैठकले लाइन काटिएका उद्योगमा बिजुली जडान गर्ने निर्णय गरेको थियो । शुक्रवार मध्यरातसम्ममा लाइन काटिएका सबै उद्योगमा बिजुली जडान गर्ने काम सम्पन्न भएको प्राधिकरणका सूचना अधिकारी सुरेशबहादुर भट्टराईले जानकारी दिए । उनकाअनुसार मन्त्रिपरिषद्ले नै लाइन जोड्नका लागि निर्णय गरेकाले विवाद समाधान नभएपनि लाइन जडान गर्नु परेको हो । मंगलवारको मन्त्रिपरिषद् बैठकले महशुलसम्बन्धी विवाद समाधानका लागि छानविन समिति गठन गर्दै लाइन काटिएका सबै उद्योगमा तत्काल बिजुली जडान गर्न निर्देशन दिएको थियो । डेडिकेटेड र ट्रंक लाइनको सुविधा प्रयोग गरेबापत ६१ ओटा उद्योगले प्राधिकरणलाई २२ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । त्यसमध्ये हिमाल स्टिलले गत सोमवार बक्यौता रकम किस्ताबन्दीमा तिर्नेगरी पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको थियो । प्राधिकरणले गत पुस ६ गतेदेखि विभिन्न चरणमा गरी उद्योगको लाइन काटेको थियो । पहिलो चरणमा जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटिएको थियो । दोस्रो चरणमा पुस ८ मा सोनापुर मिनरल्स एन्ड आयल लि, लक्ष्मी स्टिल, सर्वोत्तम सिमेन्ट, अशोक स्टिल, र त्रिवेणी स्पिनिङ मिल्सको पनि बिजुली काटिएको थियो । तेस्रो चरणमा पुस १३ मा बाबा जुट मिल, सिद्धार्थ पेट प्लास्ट निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एन्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, नारायणी स्पात र बुटवल सिमेन्टको लाइन काटिएको थियो । त्यसैगरी पुस २३ मा हुलास स्टिलको लाइन काटिएको थियो ।

प्राधिकरणले थप पाँच उद्योगको लाइन काट्यो

काठमाडौं। डेडिकेटेड फिडर र टं्रक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै शुक्रवार चार उद्योगको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले आइतवार थप ५ उद्योगमा त्यसै गरेको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतवार बेलुकी सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, त्रिवेणी स्पिनिङ मिल्स र अशोक स्टिलको लाइन काटिएको हो ।  उनका अनुसार डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरेबापत सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख, लक्ष्मी स्टिलले ७४ करोड १० लाख, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले ६१ करोड २० लाख, त्रिवेणी स्पिनिङ मिल्सले ८६ करोड ९० लाख र अशोक स्टिलले ७४ करोड ५० लाख रुपैयाँ प्राधिकरणलाई तिर्नुपर्ने देखिएको छ । प्राधिकरणले शुक्रवार अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको थियो ।  डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुलका विषयमा विवाद कायम रहेकै बेला चारओटा उद्योगको बिजुली काटेकोमा निजीक्षेत्रले असन्तुष्टि व्यक्त गरिरहेका बेला प्राधिकरणले थप उद्योगको लाइन काटेको छ । लाइन काटेको विषयलाई लिएर निजीक्षेत्रका प्रमुख संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आइतवार संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेका थिए । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौं आइपुग्न ढिला भएपछि उक्त पत्रकार सम्मेलन सोमवारका लागि सारिएको छ ।  उता निजीक्षेत्रको अर्को संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले आइतवार एक विज्ञप्ति जारी गरी प्राधिकरणको पछिल्लो कदमले निजीक्षेत्रका उद्यमी व्यवसायीको मनोबल कमजोर बनाएको प्रतिक्रिया जनाएको छ । संघले लाइन काटिएका उद्योगमा तत्काल विद्युत् आपूर्ति सुचारु गरी दुवै पक्षले जित्ने गरी समाधान खोज्न आग्रह गरेको छ ।

थप पाँच उद्योगको लाइन काटियो

काठमाडौं । उद्योगी व्यवसायी र मजदुरको विरोधका बाबजुद नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विवादमा फसेको थप दुईवटा उद्योगको बिजुली काटिदिएको छ । शुक्रबार चारवटा उद्योगको लाइन काटेपछि उद्योगी र मजदुर सरकारविरुद्ध आएका थिए । विरोधबीच नेपाल विद्युत् प्राधिकरणले अशोक स्टिल–सिमरा, त्रिवेणी स्पिनिङ–वीरगन्ज, सर्वोत्तम सिमेन्ट उद्योग–परासी, लक्ष्मी स्टिल–परासी र सोनापुर स्प्रिङ उद्योगको पनि लाइन काटिदिएको […] The post थप पाँच उद्योगको लाइन काटियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....