मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गदैै सोह्रौ लोकतन्त्र दिवस मनाएको छ । १६ औँ लोकतन्त्र दिवसका उपलक्ष्यमा शान्ति समाजद्वारा रुपन्देहीको वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायीत्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्य