काठमाडौं। आज लोकतन्त्र स्थापनाको १५ वर्ष पुरा भएको छ। जनआन्दोलन २०६२/०६३ को सम्झनामा आज देशभर लोकतन्त्र दिवस मनाइँदैछ। २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ मा विघटन भएको संसद पुनःस्थापना गरेका थिए। पुनःस्थापित संसदबाट जेठ ४ गते राजसंस्थालाई निलम्बन गर्दै राष्ट्राध्यक्षको अधिकार प्रधानमन्त्रीलाई दिइएको थियो। जनआन्दोलनका प्रमुख कमाण्डर गिरिजाप्रसाद कोइरालाले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएका थिए।