भवन भएपछि पठनपाठनमा सहज

विद्यालय भवन निर्माण सम्पन्न भएपछि श्रीराम माध्यमिक विद्यालय मटिहानीमा पठनपाठनमा सहज भएको छ। दिनानुदिन सो विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै गएपछि कक्षा सञ्चालनका लागि भवन अभाव हुन थालेको थियो। भर्खरै राष्ट्रपति शिक्षा सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माण भएपछि कक्षा सञ्चालनमा सहज भएको विद्यालयका प्रधानाध्यापक अजय पाण्डेयले बताउनुभएको छ। “वि.स. २००९ मा स्थापना भएको यो विद्यालयमा हाल एक हजार ८५० छात्रछात्राहरू अध्ययनरत छन्।” प्रधानाध्यापक पाण्डेयले भन्नुभयो, “विद्यार्थी सङ्ख्या बढेसँगै कक्षा सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो। अब भने पठनपाठनमा सहज भएको छ।”

सम्बन्धित सामग्री

पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज

भोजपुर– भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो । नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो । १२ कोठा रहेको भवन भ्याटबाहेक रु तीन करोड २४ लाख लागतमा […]

भूकम्पपछिको ६ वर्ष : पर्वतमा ७९ विद्यालयको भवन निर्माण

पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७९ ओटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा), पर्वतका अनुसार जिल्लामा भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म निर्माण सम्पन्न भएका र दोस्रो चरणमा सम्झौता भएका विद्यालयको काम अन्तिम चरणमा रहेको कार्यालयले बताएको छ । कार्यालयले अहिलेसम्म ७० प्रतिशत प्रगति भएको जानकारी दिएको छ । भूकम्प गएको ६ वर्षमा कार्यालयले विद्यालयको पुनर्निर्माण तीव्ररूपमा अगाडि बढेको बताएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त १५३ ओटा विद्यालयको पुनर्निर्माण, ४४ ओटा विद्यालयको शौचालय र ४१ ओटा विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ । कार्यालय प्रमुख युक्तप्रसाद शर्माले कोरोना संक्रमणका कारण गतवर्ष काम गर्न समस्या भए पनि यस वर्ष कामले गति लिएको बताए । यद्यपि कोरोना संक्रमण फैलिएपछि पुनः समस्या हुन थालेको उनको भनाइ छ । पुनर्निर्माण प्राधिकरणको म्याद पुससम्म रहेको र त्यसपछि म्याद थपिने÷नथपिने निश्चित नभएकाले सकेसम्म पुसभित्रै सबै काम सक्ने हतारो रहेको शर्माले बताए । जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० ओटा विद्यालयमा दुईकोठे, चारओटा विद्यालयमा तीनकोठे र ३९ ओटा विद्यालयमा दुईकोठे भवन निर्माणको सम्झौता भएको थियो । अधिकांश विद्यालयको पुनर्निर्माणको प्रगति ७० प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताए । भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई मुख्य प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनर्निर्माण गर्नेगरी कार्यालयले कार्ययोजना बनाएको थियो । सोही अनुसार विद्यालयका भवन पुनर्निर्माण भइरहेको कार्यालयले बताएको छ । भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणपछि पठनपाठनमा सहज भएको जनसहयोगी मावि फलेवासका प्रअ गणेशबहादुर थापाले बताए ।