घोषणापत्र कागजमै सीमित

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेनबाट बुटवलको दूरी ३९ किलोमिटर मात्रै हो । तर, पछिल्ला वर्षमा यही सडकमा यात्रा गर्न कम्तीमा तीन घण्टा लाग्छ । हिउँद होस् वा वर्षायाम, जहिलेसुकै सास्ती खेपेर यात्रा गर्न यात्रु बाध्य छन् । १० वर्षदेखि सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्ने यात्रुले दैनिक सास्ती भोग्नु पर्ने नियतिजस्तै बनेको छ । यात्रुले कम्तीमा दुईदेखि तीन घण्टा जाम, वर्षायाममा हिलो, हिउँदमा धुलोधूँवाको हैरानी खेप्दै आएका छन् ।

सम्बन्धित सामग्री

एमालेको पाँच वर्षअघिका सपना– काठमाडौंमा रेलदेखि पानीजहाजसम्म कागजमै सीमित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले यतिबेला स्थानीय तहको निर्वाचनको घोषणापत्र निर्माणमा व्यस्त छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समितिले लेखिरहेको घोषणापत्र वैशाख ९ गते सार्वजनिक गर्ने तयारी गरिएको छ । २०७४ को निर्वाचनमा एमालेले सवल राष्ट्र निर्माणका लागि रेल, पानीजहाज चलाउनेसम्मका ५३ बुँदे सपना बाँडेको थियो । स्थानीय...

हेटौंडा उपमहानगरपालिकाका मेयरको ४ वर्ष : कागजमै सीमित बन्यो घोषणापत्र

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेविरुद्ध नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो । गठबन्धनका बीच एक्लै चुनावमा होमिएको एमाले हेटौंडामा बलियो साबित भयो । संगठन र कार्यकर्ताको भरमा एक्लै चुनावमा होमिएका एमालेका उम्मेदवारहरू गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सफल भए ।हेटौंडा उपमहानगरपालिकाको नेतृत्व २०७४ को निर्वाचनबाट एमालेको हातमा पुग्यो । हेटौंडाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवारले सफलता पाए । एमालेका उम्मेदवारहरुले उपमहानगर प