२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेविरुद्ध नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो । गठबन्धनका बीच एक्लै चुनावमा होमिएको एमाले हेटौंडामा बलियो साबित भयो । संगठन र कार्यकर्ताको भरमा एक्लै चुनावमा होमिएका एमालेका उम्मेदवारहरू गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सफल भए ।हेटौंडा उपमहानगरपालिकाको नेतृत्व २०७४ को निर्वाचनबाट एमालेको हातमा पुग्यो । हेटौंडाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवारले सफलता पाए । एमालेका उम्मेदवारहरुले उपमहानगर प