रिपब्लिकन पार्टीमा ट्रम्पको पकड मजबूत, आलोचक लिज चेनीलाई नेतृत्वबाट हटाइयो

अमेरिकामा राष्ट्रपति निर्वाचन हारेका भए पनि डोनल्ड ट्रम्पले रिपब्लिकन पार्टीमा आफ्नो पकड बलियो बनाएका छन् ।  त्यसक्रममा तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सांसदहरूले लिज चेनीलाई नेतृत्वबाट हटाएका छन् किनकि उनले सन् २०२० को निर्वाचनमा धाँधली भएको भन्ने ट्रम्पको दाबीलाई झूटो भन्दै आएकी थिइन् ।  यस कदमले रिपब्लिकन पार्टीको प्राथमिकताका विषयमा उच्चस्तरीय सन्देश दिएको छ । त्यो के भने पार्टी ट्रम्पप्रति पूर्ण बफादार छ । अनि ट्रम्पको विरोध गर्नेहरूलाई पनि केही हदसम्म सहन तयार छ भन्ने सन्देश पनि दिइएको छ ।  नेतृत्व ग...