'पालम' गाएर मागियो प्रदेशको नाम

विराटनगर : देशमा सङ्घीयता आएसँगै गठन भएको प्रदेश सरकारको पहिलो कार्यकाल सकिन लाग्दा प्रदेश सरकार र प्रदेशसभा सदस्यहरू यति बेला प्रदेशको नाम जुराउने कसरतमा लागिरहेका छन्।नाम के राख्ने भन्ने विषयमा दलहरूबीच पनि छलफल चुलिएको छ तर, निष्कर्षमा भने पुग्न सकेको छैन। नामका सम्बन्धमा दलहरूको आ आफ्नै अडान छ। भूगोलको आधारमा राख्ने या पहिचानको आधारमा नाम राख्ने।भूगोल र पहिचानको चेपुवामा परेको प्रदेश १ को नामाकरणको विषयलाई लिएर पछिल्लो समय पहिचानवादी विभिन्न सङ्गठनहरुले दैनिक जस्तो सडक आन्दोलन गरिर

सम्बन्धित सामग्री

बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बागमती प्रदेशको नाम र राजधानी दुबै अनुपयुक्त रहेको बताउनुभयो । बागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म …

प्रदेशको नाम राख्न मन्त्रालयले किन खोजेनन्?

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथि छलफल हुने क्रममा नामकरण भइसकेका प्रदेशहरूलाई प्रदेशको नाम उल्लेख नगरेको विषय सदनमा उठिरहेको छ। दुई दिनअघि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेशको नाम नराखेको भन्दै सच्याउन निर्देशन दिइएको ...

कोशी प्रदेशको नाम परिवर्तन गरेर देखाउन पहिचानवादीलाई ओलीको चुनौती

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको नाम संशोधन हुने संभावना नरहेको बताएका छन् । आज (शनिवार) पाँचथरमा भएको कार्यक्रममा बोल्दै ओलीले दुई चारजना सडकमा उत्रिएकै भरमा कोशी नाम फिर्ता नहुने बताएका हुन् । उनले पहिचानवादीहरुलाई कोशी प्रदेशको नाम फेरेर देखाउन चुनौतीपनि दिएका छन् । उनले भने ‘दुईचार जना […]

काेशी प्रदेशको नाम परिवर्तन हुँदैन : मुख्यमन्त्री कार्की

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन्। नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आज आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताए । लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले […]

काँग्रेस प्रदेशको नाम राख्न तयार छ : राजिव कोइराला

विराटनगर : नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइरालाले प्रदेशको नाम राख्न काँग्रेस तयार रहेको बताएका छन्।आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर काँग्रेस यही बर्खे अधिवेशनबाट नाम टुंगो लगाउन तयार रहेको उनले बताए। उनले अब नामको विषयलाई धेरै लम्ब्याउन नहुने बताए।पछिल्लो समय प्रदेशको नाम आएको मोही माग्ने ढुँग्रो लुकाउने जस्तो भएको बताएका उनले भने, ‘कोशी हुन सक्ला, कोशी किराँत हुन सक्ला या सगरमाथा प्रदेश हुन सक्ला आफ्नो राजनीतिक दलमा बहस गर्न त सकियो नि?’उनले अन्तिम अवस्थाम

आफ्नो कार्यकालमा प्रदेशको नाम राख्न नसक्दा खिन्न छु : शेरधन राई

विराटनगर : प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा प्रदेशको नाम टुंगो लगाउन नसक्दा खिन्न भएको बताएका छन्।विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि आफ्नो कार्यकालमा प्रदेशको नाम टुंगो लगाउन नसक्दा सन्तुष्ट नभएको बताउँदै उनले यही अधिवेशनबाट नाम तय गर्नुपर्नेमा जोड दिएका छन्।उनले नाम मुख्यमन्त्रीले तोक्ने विषय नरहेको तथा प्रदेशसभाको अधिकार क्षेत्रभित्र पर्ने भएकाले र दुई तिहाइको बहुमतले पारित गर्नुपर्ने भएका कारण पनि नाम टुंगो लगाउन नसकेको बताउँदै उनले राजधानी टु

मधेस प्रदेशको नाम राजपत्रमा प्रकाशित

मधेस प्रदेश सरकारले आफ्नो नाम प्रदेश राजपत्रमा प्रकाशित गरेको छ । सबै निकायलाई उक्त नाम कार्यान्वयन गराउन आग्रह गर्दै मधेस प्रदेशले आफ्नो नाम राजपत्रमा प्रकाशित गरेको हो ।प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ ख बमोजिम दर्ता भएका प्रस्तावहरूमध्ये प्रदेशको नाम राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।'प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य

प्रदेशको नाम ‘मधेस’ भएमात्र राजधानी ‘जनकपुर’ हुन सक्छ : राज्यमन्त्री यादव

प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश २ को नाम मधेस प्रदेश भएमा राजधानी जनकपुरधाम हुने बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा बोल्दै राज्यमन्त्री यादवले प्रदेशको नाम मधेस नभए राजधानी पनि जनकपुरधाम नहुने बताए ।प्रदेशको नाम र स्थायी राजधानी राजनीतिक सवाल रहेको भन्दै उनले प्रदेशको नाम ‘मधेस’ स्वीकार्य हुन नसके राजधानी पनि जनकपुर स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।उनले प्रदेशको नाम र राजधानी राजनीतिक विषय भएकाले यसलाई इतिहास र धर्मसँग मात्

प्रदेशको नाम राख्न नसक्नु शेरधनको असफलता

१४ भदौ, विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले गत बिहीबार विदाई हुँदै गर्दा भने, ‘प्रदेशको नाम राख्न नपाएकोमा अफसोस छ ।’ दुई तिहाई बहुमतसहित प्रदेश सरकारको नेतृत्वमा रहँदा प्रदेशको राजधानी विराटनगर राख्न सफल भए पनि राईले नाम टुंग्याउन सकेनन् । विदा हुँदै गर्दा नाम राख्ने जिम्मा नवनियुक्त मुख्यमन्त्री भीम आचार्यलाई दिए । […]

२ नम्बर प्रदेशको नाम ‘जानकी’ राख्न एमालेको प्रस्ताव

नेकपा एमालेले २ नम्बर प्रदेशको नाम जानकी प्रदेश राख्न प्रदेश सभामा प्रस्ताव गरेको छ । प्रदेशसभा सचिवालयको सूचना अनुसार एमालेले जानकी प्रदेश नाम राख्न गरेको प्रस्ताव सचिवालयमा दर्ता गराएको एमाले संसदीय दलका नेता शत्रुधन महतो लोकान्तरलाई जानकारी दिए । प्रदेशको स्थायी राजधानीका लागि जनकपुरधामसहित पश्चिममा मिथिला माध्यमिकी परिक्रमा सडक, पूर्वमा कमला नदी, उत्तरमा ढल्केबर र दक्षिणमा भारतीय सीमासम्मको क्षेत्रलाई प्रस्ताव गरिएको महतोले बताए । यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदे...