यू-१९ महिला विश्वकप छनोट : थाइल्याण्डसँग पराजित हुँदै बाहिरियो नेपाल

आइसिसी यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। मलेसियामा जारी प्रतिस्पर्धामा नेपाल मंगलबार थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो।मलेसियाको युकेएम ओभलमा भएको यो हारसँगै नेपाली किशोरी टीमको विश्वकप खेल्ने सपनाको औपचारिक अन्त्य भएको छ। अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ। छनोटको शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछ।थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ५ ओ

सम्बन्धित सामग्री

मनिषाले एसीसी महिला टी-२० च्याम्पियनसिप गुमाउने

काठमाडौँ । पहिलो पटक सिनियर टिममा परेकी युवा खेलाडी मनिषा उपाध्यायले मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिप गुमाउने भएकी छन् । केही दिनअघि मात्र मलेसियामै आईसी यू–१९ महिला विश्वकप छनोट खेलेर आएकी बायाँ हाते अफ स्पीनर मनिषाले पहिलो पटक सिनियर टिममा अटाएकी थिइन् । तर स्वास्थ्यमा समस्या आएपछि उनले मलेसिया भ्रमण गुमाउने भएकी हुन् । […]

यू-१९ महिला विश्वकप छनोट : नेपालले मलेसियालाई २५ रनले हरायो

२६ जेठ, काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो । पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भयो । यसअघि नै युएई र […]

नेपाल यू-१९ महिला विश्वकप छनोट बाट बाहिरियो

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज मंगलबार थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको थियो तर नेपाल ४० रन मा अलआउट हुन पुगेको छ । नेपालले ४ खेलबाट ४ अंक जोडेसँगै आफ्नो अन्तिम खेल मलेसियासँग खेल्न बाँकी हुँदै विश्वकपबाट बाहिरिने निश्चित भएको छ ।

यू-१९ महिला विश्वकप छनोट : नेपाल आज थाइल्याण्डसँग भिड्दै

काठमाडौँ । यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो। नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ। नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ। नेपालले पहिलो […]

यू-१९ महिला विश्वकप छनोट : नेपाल-थाइल्याण्ड भिडन्त

काठमाडौं : यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज  थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो। नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ।नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ।नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ। तेस्रो खेलमा नेपालले भु

यू–१९ महिला विश्वकप छनोट : नेपालको विजयी सुरुवात

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।मलेसियाको यूकेएम ओभलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारका लागि कप्तान साची ढड्वालले १४ रन जोडिन् । श्रुतिबेन कमलेशभाइ रानाले पनि १४ रन जोडिन् ।नेपालका लागि बलिङतर्फ सृष्टि जैशीले ३ विकेट लिइन् । त्यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिए । यसअघि

यू–१९ महिला विश्वकप छनोट खेल्दै

मलेसियामा २० जेठदेखि हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रीय छनोट खेलमा नेपाली टोलीले प्रतिस्पर्धा गर्दै छ । छनोट प्रतियोगितामा सहभागी हुन टियू मैदानमा नेपाली टोलीले एक महिनादेखि प्रशिक्षण गरेको थियो...

यू-१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि मलेसियामा हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेल्ने टोलीको बिदाई गरेको छ । क्यानले मंगलबार एक कार्यक्रम गरि बिदाई गरेको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विश्वकप छनोट खेल्न जाने टोलीलाई बिदाई गरेका थिए । टोलीका मुख्य […]

यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई

१७ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीलाई मंगलबार विदाई गरेको छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म छनोट प्रतियोगिता हुँदैछ । १४ जना खेलाडी र प्रशिक्षक महेश रिजालसहित चारजना अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, […]

यू-१९ महिला विश्वकप छनोट टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेक्यानले बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।