सहकारी ठग्ने शर्माविरुद्ध ३३ अर्बको मुद्दा तयारी

विभिन्न सहकारीबाट सर्वसाधारणको अर्बौं रुपैयाँ निक्षेप दुरुपयोग गरेका शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मालगायत विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले करिब ३३ अर्ब रुपैयाँको बिगोसहित मुद्दा चलाउने तयारी गरेको छ।

सम्बन्धित सामग्री

सहकारी ठग्ने शर्माविरुद्ध ३३ अर्बको मुद्दा तयारी

विभिन्न सहकारीबाट सर्वसाधारणको अर्बौं रुपैयाँ निक्षेप दुरुपयोग गरेका शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मालगायत विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले करिब ३३ अर्ब रुपैयाँको बिगोसहित मुद्दा चलाउने तयारी गरेको छ।

सहकारी बचाउन तत्काल कर्जा सूचना केन्द्र खोलियोस्

हालैको एक तथ्यांकअनुसार काठमाडौं महानगरपालिकाभित्र दर्ता भई सञ्चालनमा रहेका १९ सय सहकारीमध्ये ३ सय सहकारी बेपत्ता भएका छन् रे । सञ्चालित सहकारीमध्ये एक चौथाइले मात्र सहकारी विभागमा आफ्ना विवरण अद्यावधिक गराएका छन् रे । यो डरलाग्दो तस्वीर हो ।  दिनहुँ सहकारीले आमजनतालाई ठगेर भाग्यो भन्ने समाचार सुनिरहने हो वा त्यो निदानका लागि ठोस पहल पनि गर्ने हो ? समस्या समाधानका लागि कस्तो रणनीति बनाउने हो ? के कारणले सहकारीहरू समस्यामा परिरहेका छन् ? नियतवश वा परिस्थितिले ? यो गहिरोसँग केलाउनुपर्ने अवस्था आएको छ । अन्यथा अर्थतन्त्रको ३ खम्बे नीति लँगडो हुन्छ । सहकारी डुबाउने सञ्चालकहरूलाई बिगो बराबरको दण्डजरीवाना, उनीहरूको घरसम्पत्तिबाट असुलउपर र २० वर्षसम्मको कठोर जेल हाल्न सकिने कानून बनाउन सके त्यसले धेरै हदसम्म जनता ठग्ने खेल रोकिनेछ । अहिले केही ठूला सहकारी जनता ठग्ने र ठगीको अभियोगबाट बच्न जानाजान मन्त्रिपरिषद्बाट आफ्नो सहकारीलाई समस्याग्रस्त भनी छानविन समितिमा पठाउने खेल भइरहेको छ । ठगीमा मुद्दा चलाए जेल जानुपर्ने तर समस्याग्रस्त घोषणा गर्न पाए जेल पनि जान नपर्ने र समस्याहरू पनि सरकारले नै हेर्ने हुँदा अहिले ठग सहकारी सञ्चालकहरूले यसो गरेका हुन् । यसर्थ यसमा सहकारी ऐन २०७४ परिमार्जन गरी पीडितहरूको पैसा बाँकी रहेसम्म सञ्चालकहरू सबै थुनामै बस्नुपर्ने गरी नयाँ दफा थप गर्नु जरुरी छ । कमजोर कानून भए ठगीको माध्यम त्यही बन्छ । नेपालका सहकारीहरूले करीब ८ खर्ब कर्जा परिचालन गरेका छन् । घरघरबाट बचत संकलन गरेका छन् । पैसा आवश्यक परेका बेला तुरुन्त दिएका पनि छन् । त्यसैले सरकारले सहकारीहरूलाई बचाउन सहयोगी भूमिका खेल्नुपर्छ । त्यसको पहिलो पाइला हो : बैंकहरूको जस्तै कर्जा सूचना केन्द्र खोल्नु । यसो भए एउटै व्यक्तिले १० ठाउँबाट ऋण लिन पाउँदैन । दोस्रो कदम हो : समस्यामा परेका सहकारीहरूलाई तत्काल सर्पोट गर्न ऐनमा व्यवस्था भएको सहकारी स्थिरीकरण कोष सञ्चालनमा ल्याउने । यी २ काम मात्र भए पनि ५० प्रतिशत विकृति घट्नेछ । खराबलाई दण्ड र असललाई प्रोत्साहन गर्न सके मात्र सहकारीको उद्देश्य सफल हुन सक्छ । गोपाल देवकोटा गौरीनगर कामनपा ७

दुई दर्जन बढी कम्पनी खोली विदेशी नागरिकहरु ठग्ने शाहविरुद्ध कानुनी कार्वाही

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ । शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनीको स्थापना गरी विदेशी नागरिकहरुलाई एन्टी भाइरस अपडेट, अमाजोनको बिल भुक्तानी जस्ता निहूँमा इमेलमार्फत सम्पर्क स्थापित …