एजेन्सी। भारतको दूरसञ्चार विभागले हालै फाइभजी परीक्षणका लागि सेवाप्रदायक कम्पनीहरुलाई फ्रिक्वन्सी छुट्याएको छ। विभागले दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलुरु, गुजरात, हैदरावादसहित अन्य सहरहरुमा फाइभजी परीक्षणका लागि फ्रिक्वन्सी उपलब्ध गराएको हो। गत मे ४ तारिखमा विभागले रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र एमटीएनएललाई चिनियाँ प्रविधि प्रयोग नगरी फाइभजी परीक्षण गर्न अनुमति प्रदान गरेको थियो।