पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि बृज सिमेन्टको सहयोग

काठमाडौैं । बृज सिमेन्ट इन्डष्ट्रिज प्रालिले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लािग सहयोग गरेको छ । शाखाको भवन निर्माण गर्न आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इन्डष्ट्रिज प्रालिले उपलब्ध गराउने भएको हो । पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ–संस्थालगायत विभिन्न क्षेत्रहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

सम्बन्धित सामग्री

भवन निर्माणका लागि बृज सिमेन्टको सहयोग

बृज सिमेन्ट इन्डष्ट्रिजले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लािग सहयोग गरेको छ । शाखाको भवन निर्माण गर्न आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इन्डष्ट्रिज प्रालिले उपलब्ध गराउने भएको हो ।पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ–संस्थालगायत विभिन्न क्षेत्रहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरूलाई सहायता प्रदान गर्दै आएको छ […]

पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणमा बृज सिमेन्टको सहयोग

काठमाडौं (अस) । बृज सिमेन्टले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसनमार्फत उपलब्ध गराउने भएको छ । बुधबार आयोजित कार्यक्रममा बृज सिमेन्टका चितवन एरिया सेल्स म्यानेजर लक्ष्मीप्रसाद गुप्ता, बृज सिमेन्ट चितवनको आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका प्रोप्राइटर शिरिष पन्त र पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका   उपाध्यक्ष  तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीबीच सहमति भएको हो  । पत्रकारको हकहितका लागि स्थापना भएको महासंघलाई बृज सिमेन्टले प्रदान गरेको सहयोग सकारात्मक रहेको महासंघ चितवनका उपाध्यक्ष तथा भवन निर्माण समिति संयोजक ज्ञवालीले बताए । पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ–संस्थालगायत विभिन्न क्षेत्रमा  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनालाई सहायता दिँदै आएकोे छ । पुष्पतारा केडिया फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद र सांस्कृतिक उत्थानका लागि काम गर्ने उद्देश्यले स्थापना गरिएको नाफारहित सामाजिक संस्था हो ।