नेपालमा बढी भएको सबै विद्युत् भारतले किन्ने बताएको छ । पछिल्लो समय नेपालमा उत्पादन भएको विद्युत् भारत निर्यात हुँदै गरेको अवस्थामा भारतको विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्राले नेपालको विद्युत् बिक्रीका लागि बजारको समस्या नरहेको बताएका हुन् । भारत भ्रमणमा आएको नेपाली पत्रकारहरूको एक टोलीलाई विदेश मन्त्रालयमा स्वागत गर्दै उनले नेपालको ऊर्जा क्षेत्रमा भइरहेको विकास र नेपाल र भारतबीच भइरहेको सहकार्यको चर्चा गरेका थिए । उनले भारतमा पछिल्लो समय ऊर्जाको माग अत्यधिक वृद्धि भएको र यस्तो वृद्धि