नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेश देऊ : नेपाल उद्योग परिसंघ

मंसिर २९, काठमाडौं ।  नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ। नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरू समक्ष आग्रह गरेको छ।  ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा बुधवार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता एवं सुविधा दिन आग्रह गरे । उनले नेपालका कृषि उत्पादनहरूका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको विना अवरोध निर्यातको सुविधा दिन पनि बंगलादेशी अधिकारीहरूलाई आग्रह गरे ।  कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने संभाव्य क्षेत्रहरूबारे पनि छलफल भएको छ। अध्यक्ष अग्रवालले नेपालले काठमाडौं बाहिरका दुई सहर पोखरा र भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले ढाकाबाट सिधा उडान स्थापित गरी बंगलादेशी पर्यटकलाई सुन्दर सहरहरूको पहुँच विस्तार गर्न सकिनेमा जोड दिए  नेपाल र बंगलादेश बीच जनस्तरमा सम्बन्ध विस्तारका लागि दुई देश बीचको सडक परिवहन सेवामा पनि जोड दिइएको छ। काठमाडौंबाट ढाकासम्म बस सेवा सञ्चालन गरी नागरिकस्तरमा सम्बन्ध विस्तारमा सहजीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको छ। कार्यक्रमममा बंगलादेशका वाणिज्य सचिव तपन कान्ति घोषले दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता (प्रिफेरेन्सिएल ट्रेड एग्रिमेन्ट) टुंग्याउन आग्रह गरे । ‘सम्झौताको मस्यौदामा प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘नेपालको तर्फबाट यसलाई अघि बढाउन तपाईंहरूले पनि पहल गर्नुस्।’ परिसंघ डीसीसीआई बीच समझदारीपत्रमा हस्ताक्षर नेपाल उद्योग परिसंघ र ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज (डीसीसीआई) बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र डीसीसीआईका अध्यक्ष रिजवान रहमानले हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा दुवै संगठनले एक अर्को देशमा लगानीको वातावरणबारे जानकारी दिने, दुई देशका आर्थिक क्रियाकलापका लागि सहजीकरण गर्ने र दुवै देशका लगानी एवं व्यापारसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने उल्लेख छ।  समझदारीपत्रमा हस्ताक्षर गर्दै परिसंघका अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि उद्योग लगायतका क्षेत्रमा ठूलो लगानीको संभावना रहेको र विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य हुन सक्ने बताए। समझदारीपत्रमा हस्ताक्षरसँगै भएको दुई देशका व्यवसायीहरूको छलफलमा बंगलादेशी उद्योगीले नेपालको जलविद्युतको विकासमा चासो देखाएका छन्।  कार्यक्रममा डीसीसीआईका अध्यक्ष रहमानले नेपाल र बंगलादेश सार्क, बिम्स्टेकलगायतका साझा मञ्चमा सक्रिय रहेको र अब निजी क्षेत्रले पनि आर्थिक सम्बन्ध विस्तारमा जोड दिने बताए । उनले बंगलादेशले तीव्र आर्थिक विकासमा गरेको मेहनत नेपालका लागि पनि उदाहरणीय हुने बताउनुभयो। बंगलादेशले पछिल्लो ५ वर्षमा औषत ७ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि गरिरहेको छ।  निजी क्षेत्रलाई विकासको नेतृत्व दिइनुपर्छ : सचिव मोमेन बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले निजी क्षेत्रमार्फत विकासको नेतृत्व गराउनुपर्ने बताए। परिसंघको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा उनले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सरकारी संयन्त्र उदार हुनुपर्नेमा समेत जोड दिए ।  उनले आर्थिक सम्बन्ध विस्तारमार्फत दुई देश बीचको व्यापार घाटा न्यूनीकरणमा पनि जोड दिए । ‘दुवै देश अहिले विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएका छन्, यस अवसरमा हामीसँग अवसर र चुनौति दुवै छन्’, उनले भने, ‘अब दुई देशले आर्थिक सम्बन्ध विस्तारमा जोड दिनुपर्छ, व्यापार अभिवृद्धि गर्नुपर्छ।’  बंगलादेश सरकारले नीति निर्माण गर्दा सधैं निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाले यहाँ तीव्र आर्थिक र औद्योगिक विकास संभव भएको उहाँको भनाइ छ। बंगलादेशमा २५ प्रतिशत सांसदहरू निजी क्षेत्रमा सक्रिय व्यवसायी छन्।  औद्योगीकरणमा उदाहरणीय – राई नेपाली राजदूतावास ढाकाका चार्ज डि अफेयर्स कुमार राईले आर्थिक विकास र औद्योगीकरणमा बंगलादेशले गरेको प्रगति उदाहरणीय भएको बताए । राजदूतावासमा आयोजित रात्रिभोजमा उनले नेपालले तीव्र औद्योगीकरणमा बंगलादेशबाट पाठ सिक्न सक्ने बताए।  कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक कूटनीति विस्तारमा राजदूतावासले आफ्नो भूमिका विस्तार गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बंगलादेशको ऊर्जा, उपभोग्य वस्तु लगायतका ठूला उद्योगीको उपस्थिति थियो।  परिसंघ अध्यक्ष अग्रवाल नेतृत्वको टोलीले यसअघि बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदसँग भेट गरेको थियो। भेटमा नसरुलले नेपालका निजी क्षेत्रसँग सिधै विद्युत् खरीद सम्झौता गर्न तयार रहेको बताएका थिए ।   यो पनि हेर्नुस् : आउँदो वर्षबाट नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरीद गर्ने

सम्बन्धित सामग्री

देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट पुस ७ गते हुँदै

काठमाडौँ- नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागेको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागिएको हो । नेपालमा स्टार्टअपलाई […]

नेपाल उद्योग परिसंघ कोसी प्रदेशको अध्यक्षमा पवन सुराना

मोरङ – मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सुराना नेपाल उद्योग परिसंघ कोसी प्रदेशको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। विराटनगरस्थित परिसंघको कार्यालयमा शुक्रबार सम्पन्न दोस्रो साधारण सभाले सुरानासहित २७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। परिसंघका महानिर्देशक विजयहरि दाहालका अनुसार नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा रहेका छन्। त्यसैगरी, उपाध्यक्षमा एक महिला […]

नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच सहकार्य

काठमाडौं : नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ।समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा छिरिङ लामाले हस्ताक्षर गरे।दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ।आइडिया स्टुडियो नेपाल सामाजिक रुपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्षदेखि निरन्तर काम गर्दै आएको संस्था हो। आइडिया स्टुडियो नेपालले नेपालमा

नेपाल उद्योग परिसंघ र पाकिस्तानी राजदूतबीच छलफल

काठमाडौं, २२ असार । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ। राजदूत हाशमीलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरुसँग परिसंघले सहकार्य गर्दै आएको बताए। उनले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा […]

विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ हुँदै

काठमाडौँ – नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ आयोजना गर्ने भएको छ। नेपाल उद्योग परिसंघ प्रदेश १ ले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १९ गतेदेखि २८ गतेसम्म हाइड्रो, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्बन्धित व्यापार मेला सिएनआई एक्स्पो २०२३ आयोजना गर्न लागेको जानकारी दिएको हो। […]

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अग्रवाल

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो ।अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बनेकी छिन् । नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ र […]

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा प्राची अग्रवाल

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो ।अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बनेकी छिन् । नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गरेकी छिन् ।सन् २०२१/२०२२ को अध्यक्ष अमुन थापा थिए । सस्तोडिलका संस्थापक एवं प्रम

नेपाल उद्योग परिसंघ सुनसरीको अध्यक्षमा अग्रवाल

नेपाल उद्योग परिसंघ सुनसरीको अध्यक्षमा अनिलकुमार अग्रवाल चयन भएका छन् ।परिसंघका प्रदेश–१ का अध्यक्ष भीम घिमिरेको उपस्थितिमा भएको उद्योगीहरूको भेलाले अग्रवालको नेतृत्वमा सुनसरी जिल्ला समिति गठन गरेको हो । त्यस्तै उद्योगपति विनोद अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरीप्रसाद पराजुली, महासचिवमा प्रल्हाद दाहाल, सहसचिवमा दिवाकर पौडेल (सागर) र कोषाध्यक्षमा राजेश […]

नेपाल उद्योग परिसंघ र जेटियुसिसिबीच अन्तरक्रिया

काठमाडौ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र उद्योग परिसंघबीच सामाजिक सुरक्षा कार्यान्वयन र कोभिड १९ ले श्रम क्षेत्रमा पारेको प्रभावबारे अन्तरक्रिया गरेका छन् । सो कार्यक्रममा जेटियुसिसिका अध्यक्ष जगत सिंखडाले सामाजिक सुरक्षा कार्यान्वयनमा रोजगरदाताहरुलाई इमानदार बन्न आग्रह गर्नुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपालमा बेरोजगार संख्या धेरै भए पनि सिपयुक्त […]