आफ्नाे पराजय भुलेर प्रतिस्पर्धीकाे जितमा खुसी साट्नेहरू

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम मत परिणाम आउने क्रम चलिरहेको छ । जित्नेहरू फूलमालासहित विजयी उत्सव मनाउन र बधाई थाप्न व्यस्त छन् । हार्नेहरू निराश छन् र हारको समीक्षामा लागेका छन् । कतिपय उम्मेदवार हार्ने पक्का भइसकेपछि मतगणना स्थलबाट बाहिरिए र जितेकालाई बधाईसमेत नदिइकन आफ्नो बाटो लागे । तर चुनावमा कतिपय उम्मेदवार यस्ता पनि भेटिए जसले आफू नै जितेजस्तै गरी खुसी भावमा जित्नेलाई बधाई दिएका छन् । अनि कतै कतै त जित्ने उम्मेदवारको विजयी र्‍यालीमा पुगेर फराकिलो मन देखाएका छन् । अहिले यस्तै भिड...

सम्बन्धित सामग्री

मैले हारेँ, तर हाम्रो पुस्ताले जितेको छ : प्रदीप पौडेल

कांग्रेस महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा निरन्तर प्रश्न गर्दै आएको आफ्नो पुस्ता अब जवाफ दिने ठाउँमा पुगेकोमा खुसी व्यक्त गरेका छन् । उनले प्रतिस्पर्धाले आफूले पराजय बेहोरेको भए पनि आफ्नो पुस्ता र एजेन्डाको जितमा खुसी व्यक्त गरेका छन् ।

महामन्त्रीमा पराजय भएपछि रेखाले भनिन्– ‘आफैंलाई नियाल्ने अवसर पाएँ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हालै सम्पन्न महाधिवेशनमा महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले आफु पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । उनले राप्रपाको महाधिवेशनमा आफुले आफैंलाई नियाल्ने एउटा अवसर पाएको समेत बताएकी छन् ।सामाजिक सञ्जालमा एक हँसिलो तस्बिर पोष्ट गर्दै उनले लेखेकी ‘आफैंले आफैंलाई नियाल्न पाउनु पनि एउटा अवसर नै हो ।’ रेखाको यो पोष्टमा थुप्रैले सामाजिक प्रयोगकर्ता (युजर्स) ले कमेन्ट गरेका छन् । तीमध्ये धेरैले उनलाई फिल्म क्षेत्रमै रमाउन सुझाव दिएका छन् भने के