श्रीलंकामा हिंसा तथा आगजनी गर्नेलाई देख्नेबित्तिकै गोली हान्न आदेश

श्रीलंकाको रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा कसैलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न आदेश दिएकाे छ। मन्त्रालयले मंगलबार साँझ आदेश जारी गरेकाे हाे। अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा प्रदर्शन हिंसात्मक बन्दै गएको छ। देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेर्थले भने, ‘सुरक्षा बलहरूलाई सार्वजनिक सम्पत्ति लुट्ने वा कसैकाे ज्यान जाेखिम पार्ने जोसुकैलाई […]

सम्बन्धित सामग्री

आम निर्वाचन नजिकिँदै गर्दा बंगलादेशमा हिंसा भड्कियो

बंगलादेशमा आम निर्वाचन नजिकिँदै गर्दा हिंसा भड्किएको छ। आइतबार हुन लागेको आम निर्वाचनअघि राजधानी ढाका लगायतका विभिन्न शहरमा हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन्।शुक्रबार दिउँसो देशका विभिन्न शहरमा प्रदर्शन गरेका प्रदर्शनकारीले राति राजधानी ढाकामा रेलमा आगजनी गरेका छन्, जसमा पाँचजनाको मृत्यु भएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन्। दुई हप्ताअघि पनि एक रेलमा आगजनी हुँदा ४ जनाको मृत्यु भएको थियो। बंगलादेशमा आइतबार १२ औँ आम निर्वाचन हुँदैछ। जसमा झण्डै १५ वर्षदेखि प्रधानमन्त्री रहेकी शेख हसिना पाँच

भारतकाे गुरुग्राममा मस्जिदमा आगजनी हुँदा एक जनाकाे ज्यान गयाे

भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ । गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । यसबारे सुरक्षा निकायले केही जानकारी दिएको छैन । मेवातमा हिजो एउटा धार्मिक यात्राका क्रममा दुई समूहबीच हिंसा भएको थियो । त्यहाँ पनि ठाउँठाउँमा आगजनीका घटनाहरू भएका छन् । कम्तीमा १२ जना घाइते भएका खबरमा उल्लेख छ । साम्प्रदायिक हिंसा फैलिएपछि मेवातमा धेरैको सङ्ख्...

फ्रान्सको राजधानी सहरमा किन भड्कियो हिंसा ?

कुर्द समुदायमाथि शुक्रबार भएको घातक हमलापछि मध्य पेरिसमा हिंसा भड्किएको छ । प्रदर्शनकारीहरूले सडकमा जथाभावी कारहरू पल्टाए र आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार प्रहार गरेका थिए । जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो । कुर्दिश सांस्कृतिक केन्द्र र रेस्टुरेन्टमा शुक्रबार भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको थियो । आक्रमणपछि ६९ वर्षीय एक संदिग्ध पक्राउ परेका थिए । उनले आफू विदेशीहरूलाई घृणा गर्ने जातिवादी भएको बताएका थिए ।ती व्यक्तिले ‘धेरै प्रयोग गरिए

लिबियामा पुनः हिंसा भड्कियो, पछिल्लो झडपमा बाह्र जनाको मृत्यु

लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयले त्रिपोलीमा शनिबार  विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ ।सो हिंसामा परेर यहाँका अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुक

श्रीलंकामा राजापाक्षेको घरमा आगजनी, सांसदको हत्या

एजेन्सी, २७ वैशाख । श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमराकेर्ती अथुकोरालाको हत्या भएको छ । उनीसहित २ जनाको झडपका क्रममा हत्या भएको […]

अस्ट्रेलियाको पुरानो संसद् भवनमा गरियो आगजनी (भिडियो)

अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको संसद्को पुरानो भवनमा बिहीवार आगजनी गरिएको छ ।  आदिवासीहरूको सार्वभौमसत्ताको माग गर्दै गरिएको प्रदर्शनका क्रममा आगजनी गरिएको प्रहरीले जनाएको छ ।  आगजनीमा कोही घाइते भएको छैन । आगोले संसद् भवनको अघिल्लो भागको ढोका ध्वस्त पारेको थियो । पछि आगो निभाइयो ।  उक्त स्थानमा विगत १५ दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।  विरोध प्रदर्शनका क्रममा यस किसिमको हिंसा अस्ट्रेलियामा दुर्लभै हुन्छ ।  केही प्रदर्शनकारीहरूले आफूलाई सरकारविरोधी र सार्वभौम नागरिक समूह ...

बङ्गलादेशमा मन्दिरमा तोडफोड र आगजनी, दुई हिन्दुको हत्या

एजेन्सी, १ कात्तिक । बङ्गलादेशमा दुईजना हिन्दु धर्मालम्बी पुरुषको हत्या भएको छ । त्यहाँ मन्दिरहरु तोडफोड र आगजनी गरिएको छ । हिन्दुको दुर्गा पूजाको समयमा घटना भएको हो । बङ्गलादेशको पूर्वी जिल्ला कुमिल्लामा हिंसा भड्कदा घटना भएको छ । मिडियाले हिन्दु धर्मालम्बीले दुर्गा पूजाको समयमा कुरानलाई घुँडामा राखेको तस्बिर भाइरल बनाएपछि हिंसा भड्किएको थियो । […]

बंगालमा चुनावपछि चर्कियो हिंसा, नन्दीग्राममा भाजपा कार्यालयमा आगजनी

भारतको पश्चिम बंगालमा तृणमूल कांग्रेसको प्रचण्ड विजय भएसँगै राज्यका विभिन्न ठाउँमा हिंसा चर्किएका छन् ।  सोमवार नन्दीग्राममा भारतीय जनता पार्टीको कार्यालयमा तोडफोड गर्ने कोशिश गरियो । अनि त्यहाँ आगजनी पनि गर्न खोजियो ।    तृणमूलका कार्यकर्ताहरूले यो उपद्रो गरेको आरोप भाजपाले लगाएको छ ।  भाजपा कार्यालय मात्र नभई अनेकौं पसल र घरमा तोडफोड र आगजनी गरिएको छ ।  प्रहरी घटनास्थलमा पुगेपछि हंगामा गर्नेहरू भागेका थिए ।    नन्दीग्राम बजारमा तनावको स्थिति छ ।  ममता बनर्जी...

बंगालमा चुनाव परिणाम आउँदै गर्दा हिंसा, भाजपाको कार्यालयमा आगजनी (भिडियो)

भारतको पश्चिम बंगालमा मतपरिणाम आउँदै गर्दा हिंसा पनि भड्किन थालेको छ ।   आरामबागमा रहेको भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरिएको छ ।  भाजपाले यसमा तृणमूल कांग्रेस दोषी रहेको आरोप लगाएको छ । तृणमूलले यसको खण्डन गरेको छ ।    BREAKING: Violence breaks out in Bengal soon after the #WestBengalElections results were clear. BJP party office in Arambagh is set on fire. Allegation against TMC, TMC denies charge. pic.twitter.com/70LwYTUPuA— Anindya (@AninBanerjee) May 2...