भारतकाे गुरुग्राममा मस्जिदमा आगजनी हुँदा एक जनाकाे ज्यान गयाे

भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ । गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । यसबारे सुरक्षा निकायले केही जानकारी दिएको छैन । मेवातमा हिजो एउटा धार्मिक यात्राका क्रममा दुई समूहबीच हिंसा भएको थियो । त्यहाँ पनि ठाउँठाउँमा आगजनीका घटनाहरू भएका छन् । कम्तीमा १२ जना घाइते भएका खबरमा उल्लेख छ । साम्प्रदायिक हिंसा फैलिएपछि मेवातमा धेरैको सङ्ख्...