काठमाडौं : सरकारले अबदेखि भारतीय मूलका व्यापारीलाई कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन रोक लगाएको छ।
चीनले आफ्नो देश जाने तयारीमा रहेका व्यापारी तथा अन्य व्यक्तिले चीनकै खोप लगाएको हुनु पर्ने निर्णय गरे पछि केही भारतीय व्यापारी काठमाडौँ आएर चिनियाँ खोप लगाएको खुलेपछि हाल भारतीय नागरिकलाई चिनियाँ खोप लगाउन रोकिएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले बताए।
तर, नेपालमा नै ६ महिना देखि बसोबास गरेको भए सम्बन्धित वडाले सिफारिस गरेको भए वा व्यपार व्यवसाय गर्दै आएकाहरुको हकमा भने राजस्व तिरे...