कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि

टीकापुर(कैलाली) । १३ स्थानीय तह रहेको कैलालीमा मंगलबार बिहानसम्म १२ पालिकामा मतगणना जारी छ । जिल्लाको चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा भने धनगढी उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । उनी गठबन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा ३ हजार बढी मतले अगाडि छन् । जिल्लाका चार […] The post कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

काँग्रेस अब काँग्रेस रहेन, माओवादीको कार्यकर्ता बन्यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस विचार शून्य भएर माओवादीको कार्यकर्ता भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले लोकतन्त्रलाई छाडेको आरोप लगाए । उनले भने–‘काँग्रेस लोकतान्त्रिक विचार, आचरण, सिद्धान्त केहीमा पनि रहन सकेन । इतिहासमा पनि काँग्रेसले ठूला ठूला अलोकतान्त्रिक काम गरेर आएको पार्टी हो । देशहीतका विरुद्ध अनेक काम गरेर आएको पार्टी हो काँग्रेस । सप्रिएला की, अनुभवबाट सिक्ला की भनेको झन्झन् सकिँदै गएको छ काँग्रे

काँग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति चन्द काँग्रेस (बिपी) मा प्रवेश

नेपाली काँग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द काँग्रेस (बिपी)मा प्रवेश गरेका छन्। बुधबार काँग्रेस (बिपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन्। हाल कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न काँग्रेस बिपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए। चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितक यात्रा सुरु गरेका थिए। २०३६ सालमा काँग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लागेका थिए। उनी २०४६ सालको जनआन्दोलनमा जे

सबै प्रदेशमा काँग्रेस पहिलो

स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको      मतगणना  सार्वजनिक  हुँदा  नेपाली काँग्रेस सबै  प्रदेशमा ठूलो दल बन्ने भएको छ  ।शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश  १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ  भने बागमती प्रदेशमा ४८  प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।मधेस प्रदेशबाहेक अरू  सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी  स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

देउवाको वडामा काँग्रेस भन्दा करुवा ५ मतले अगाडि

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बिपी)ले नेपाली काँग्रेसलाई पछाडि पारेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बिपीले ५ मतले अग्रता लिएको हो ।६०० मत गणना हुँदा काँग्रेस वीपीले २५१, काँग्रेस २४६ र नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएका छन् । काँग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बिपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा करुवा र नेकपा एमालबीच चुनावी तालमेल समेत रहेको छ ।

काँग्रेस गठबन्धनको विपक्षमा कुनै हालतमा जाँदैन: देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धनको विपक्षमा नरहेको प्रस्ट पारेका छन्।...

काँग्रेस अछामद्वारा  सबै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’ अभियान सञ्चालन

नेपाली काँग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’  अभियान सञ्चालन गर्ने भएको छ । आज सदरमुकाम मंगलसैनबाट कार्यक्रमको शुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएको छ ।काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएको छ । आज मंगलसैन नगरपालिका, ५ चैतमा तुर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका, ७ मा कमलबजार नगरपालिका र ८ मा पञ्चदेवल बिनायक नगरपालिकामा कार्यक्रम गरिने छ ।यस्तै चैत ९ मा रामारोशन गाउँपालिका, १०

काँग्रेस प्रवक्तामा प्रकाशशरण महत

नेपाली काँग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारी सरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य ब

काँग्रेस प्रधानन्यायाधीशको पक्षमा

काठमाडौं, ९ कात्तिक । नेपाली काँग्रेस प्रधानन्यायाधशि चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएको छ । जबराको राजीनामाको माग कानुन व्यवसायीको संघ संगठन देखि कतिपय पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशबाट आइरहँदा काँग्रेस राजीनामाको विपक्षमा उभिएको हो । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा कुनैपनि हालतमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने पक्षमा उभिएका छन् । उनले सोमबार गठबन्धन […]